logo

नेपाल एयरलायन्सको आम्दानी गत वर्षको तुलनामा झण्डै दोब्बरले वृद्धि

    1554   पटक पढिएको

१६ असार / अर्थ र व्यापार - नेपाल एयरलायन्सले गत वर्षको तुलनामा यस वर्ष ९६.०२ प्रतिशतले आम्दानी गरेको छ । नेपाल वायू सेवा निगमको ६१ औं वार्षिक सभामा बोल्दै अध्यक्ष मदन खरेलले आयतर्फ उल्लेख्य वृद्धि भएको जानकारी दिए ।उनका अनुसार गत वर्ष अन्तराष्ट्रिय उडानबाट २०७५को साउनदेखि चैत महिनासम्ममा कुल ७ अर्ब ५४ करोड १० लाख ३८ हजार ११० रुपैयाँ आम्दानी गरेको छ । निगमले अघिल्लो वर्षको सोही अवधिमा जम्मा ३ अर्ब ८४ करोड ७१ लाख १५ हजार १५८ रुपैयाँ आम्दानी गरेको थियो ।

खरेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष उडान संख्या पनि बढेको छ । गत वर्ष २६७६ वटा उडान भएकोमा यस वर्ष ८५९ वटा थप उडान भइ उडान संख्या ३५३५ पुगेको छ । त्यस्तै, यात्रु संख्या पनि ६३.५ प्रतिशतले बढेका छन् । गत वर्ष ३ लाख ४८ हजार ५२८ यात्रु बोकेकोमा एयरलायन्सले यस वर्ष ५ लाख ६९ हजार ७३४ यात्रु बोकेको थियो । त्यस्तै, आन्तरिकतर्फ पनि सिट फेक्टरमा ७६ प्रतिशतबाट वृद्धि भइ ७८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।