२० असोज/अर्थ र व्यापार– हङकङले नेपाल एयरलाइन्सलाई २ हप्ताको लागि हङकङ उडान भर्न रोक लगाएको छ ।
नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि नेपाल एयरलाइन्सको उडान अनुमति रोकेको हो।
अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ पुगेका ६ जना यात्रुमा सोमबार कोरोना पुष्टी भएको हो।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपालबाट पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा हङकङमा कोरोना पुष्टि भएको हो।
नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान छ।
तपाईको प्रतिक्रिया