२८ मंसिर / अर्थ र व्यापार- आगामी शनिवार अर्थात पुस १ गते नेपाल ईन्टरनेशनल वियर फेस्टिभल आयोजना हुने भएको छ । राजधानी काठमाडौंको टंगालस्थित टंगाल उड रेष्टुरेण्टमा आयोजना हुने फेस्टिभलमा विश्वका प्रख्यात २९ वटा वियर र नेपालमा उत्पादीत वियरहरु उपलब्ध हुने आयोजक मध्येका एक जेम्स विलियम जोन्सले वताए ।
फेस्टिभल वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्का आयोजक पर्यटन व्यवसायि तथा एक्टिभ हर्ट फाउण्डेसनका राजन सिंखडाले फेस्टिभलमा करिव दुई हजार जना उपस्थित हुने आँफुहरुको अनुमान रहेको वताए । फेस्टिभलमा कुटनितिज्ञहरु,कुटनितिक नियोग र नेपाल स्थित विदेशी दुतावासका कर्मचारीहरु तथा अन्य व्यक्तिहरुको उपस्थिति रहनेछ ।
फेस्टिभलमा खाना,संगितको आनन्द लिन सकिनुका साथै क्रिस्टमस सपिङ र वियर टेस्टिङ लगायतका कार्यक्रमहरु प्नि रहेको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया