२७ असोज / अर्थ र व्यापार- नेपाली कांग्रस निकट पर्यटन व्यवसायिहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायि संघ (निट नेपाल) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागी समानुपातिक तर्फ तीन जनालाई प्रतिनिधि सभा सदस्य सिफारिस गरेको छ । आज बसेको निटको बैठकले निटका अध्यक्ष दीपक महत,सह–अध्यक्ष रामशरण थपलिया र बरिष्ठ पर्यटन व्यवसायि एवं निटका सल्लाहकार आङछिरिङ शेर्पा लाई प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको निटका सह–अध्यक्ष रामशरण थपलियाले अर्थ र व्यापारलाई वताए ।
राष्ट्रिय पर्यटन व्यवसायि संघ (निट नेपाल) का अध्यक्ष दीपक महतले शनिवार निटले सिफारिस गरेको व्यक्तिहरुको नाम पार्टी कार्यालयमा बुझाउने कार्यक्रम रहेको वताए । सिफारिस मात्र गर्ने भन्दा पनि पर्ने गरि नै कम संख्यामा सिफारस गरिएको महतले वताए ।
तपाईको प्रतिक्रिया