logo

एनसेलद्वारा एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित पहिलो सिम अफर सार्वजनिक

    1489   पटक पढिएको

६  बैशाख /अर्थ र व्यापार - एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै एनसेलले पहिलो सिम अफर ल्याएको छ । पहिलो सिमको मुल्य १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ सेवा उपलब्ध हुनेछ । 
विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र  अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ ।

एसइइ सिममा १७.७० रुपैयाँमा दैनिक डाटा प्याक उपलब्ध हुनेछ । दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदि ग्राहकले ५० रुपैयाँभन्दा मथिको रिचार्ज गरेमा २४ घण्टाको लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त हुनेछ । माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि  शुन्य पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि कुराकानी गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।