logo

एनसेलद्वारा एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित पहिलो सिम अफर सार्वजनिक

    1292   पटक पढिएको

६  बैशाख /अर्थ र व्यापार - एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै एनसेलले पहिलो सिम अफर ल्याएको छ । पहिलो सिमको मुल्य १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ सेवा उपलब्ध हुनेछ । 
विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र  अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ ।

एसइइ सिममा १७.७० रुपैयाँमा दैनिक डाटा प्याक उपलब्ध हुनेछ । दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदि ग्राहकले ५० रुपैयाँभन्दा मथिको रिचार्ज गरेमा २४ घण्टाको लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त हुनेछ । माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि  शुन्य पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि कुराकानी गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।