logo

एसईई परीक्षार्थीलाई एनसेलद्वारा आंशिक छात्रवृत्ति प्रदान

    1837   पटक पढिएको

१५ असार / अर्थ र व्यापार – एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने ब्रिज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।

यस ‘पहिलो सिम’ योजना अन्तर्गत, एनसेलले तयारी कक्षा संचालन गर्ने १६ वटा ब्रिज कोर्स इन्स्टिट्युटहरुका ३र३ जना उत्कृष्ट विद्यार्थीहरु गरी हाल सम्म ४८ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु ५,००० प्रदान गरेको छ । आफ्नो प्रतिबद्धता अनुरुप, एनसेलले योग्यता पुगेका अरु थप विद्यार्थीहरुलाई पनि यो योजना रहुञ्जेल आंशिक छात्रवृत्ति प्रदान गर्दै जानेछ ।

ब्रिज कोर्स इन्स्टिट्युटहरुले विभिन्न समयमा लिएको आन्तरिक परीक्षाको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थीहरु आंशिक छात्रवृतिका लागि छानिएका हुन् । २०७३ सालका एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै एनसेलले ‘पहिलो सिम’ योजना अन्र्तगत उत्कृष्ट विद्यार्थी छनोट तथा छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न ब्रिज कोर्स इन्स्टिट्युटहरुसँग सहकार्य गरेको छ ।

आंशिक छात्रवृत्ति माध्यामिक शिक्षा पछिको उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षामा सहभागी भईरहेका विद्यार्थीहरुको मिहेनतको फल हो । ‘पहिलो सिम’ योजना अन्र्तगत परीक्षार्थीहरुले लिएको सिमले उनीहरुको सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै आफ्ना साथीभाई तथा परिवारसँग सम्पर्कमा रहि रहन मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्छन् र माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।