logo

एनसेलद्धारा इञ्जिनियरिङका उत्कृष्ठ १६ विद्यार्थीलाई एक-एक लाखको छात्रवृद्धि

    1837   पटक पढिएको

५ असार / अर्थ र व्यापार - नीजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनीले एनसेलले इञ्जिनियरिङ संकायमा उत्कृष्ठ नतिजा ल्याउने १६ जना विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको छ ।

एनसेलले इञ्जिनियरङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका १६ विद्यार्थीलाई एक एक लाख नगद छात्रवृद्धि प्रदान गरेको हो । एनसेल र पुल्चोक क्याम्पसका बिचमा पाँच बर्षसम्म उत्कृष्ठ विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार एनसेलले चौथो पटक १६ जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गरेको हो । कम्पनीले यस अघि नै पुल्चोक क्याम्पसमा उत्कृष्ठ नतिजा ल्याउने ४८ जनालाई यस्तो छात्र वृद्धि दिईसकेको थियो ।
सोमबार आयोजीत एनसेल छात्र वृद्धि तथा उत्कृष्ठता अवार्ड वितरण समारोहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत १२ जना उत्कृष्ठ विद्यार्थी र उत्कृष्ठ नतिजा ल्याएर उत्तीर्ण भैसकेका विद्यार्थीले एक एक लाख पाएका हुन् ।
उत्कृष्ठ विद्यार्थीहरु यी हुन्

२०७२ 
इलेक्ट्रीकल इञ्जिनियरिङ–आदिती गजुरेल
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–जयश्री राठी
कम्प्युटर इञ्जिनियरिङ–सारांश डोटेल
उत्कृष्ठ छात्रा–सलोनी शिखा
२०७१ 
इलेक्ट्रीकल इञ्जिनियरिङ–अभिषेख सापकोटा
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–सेलिना श्रेष्ठ
कम्प्युटर इञ्जिनियरिङ–प्रकृति दुमारु
उत्कृष्ठ छात्रा–श्रीति श्रेष्ठ
२०७० 
इलेक्ट्रीकल इञ्जिनियरिङ– विवेक राई
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन–सुजन ढुंगाना
कम्प्युटर इञ्जिनियरिङ– वृहतरत्न बज्राचार्य
उत्कृष्ठ छात्रा–सुजिता चौधरी
एनसेल एक्सलेन्स अवार्ड(२०६९ मा पास आउट भएकाहरुबाट
इलेक्ट्रीकल इञ्जिनियरिङ– रामप्रसाद ज्ञवाली
इलेक्ट्रोनिकल एण्ड कम्युनिकेशन– प्रतिक भण्डारी
कम्प्युटर इञ्जिनियरिङ– महेन्द्र सिंह थापा
उत्कृष्ठ छात्रा–स्लेशा अधिकारी


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।