logo

एनसेलबाट एक हप्तामा ६० लाख बढी बाढीपहिरो अलर्ट एसएमएस

    1537   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – एनसेलले गत एक हप्तामा ६० लाख बढी बाढीपहिरो अलर्ट एसएमएस प्रेषित गरेको छ । साउन २४ देखि साउन ३०सम्म बाढी प्रभावित तथा बाढीपहिरोको उच्च जोखिम रहेका देशका विभिन्न स्थानहरुमा बसोबास गर्ने ग्राहकहरुलाई ६० लाख भन्दा बढी बाढीपहिरोको सम्बन्धी पूर्वसूचना पठाएको हो ।

विगत तीन दिन शनिबार, आइतबार र सोमबारमा मात्र ५० लाख भन्दा बढी त्यस्ता एसएमएस एनसेलले पश्चिम राप्ति, बबई, पुर्व राप्ती नदी रजैया, बागमती (रौतहट र सर्लाही) को तटीय क्षेत्र लगायत डुबानमा पर्ने स्थानका ग्राहकहरुलाई पठाएको थियो।

आइतबारकोे दिन मात्र लगातारको अविरल वर्षापछि विभिन्न नदिमा बढेको पानीको बहाबका बारेमा एनसेलले ३५ लाख ७० हजार भन्दा बढी पूर्व सूचनाका एसएमएसहरु बाढीबाट प्रभावित हुने स्थानका ग्राहकहरुलाई पठाएको हो । त्यस्तै एक दिन अघि शनिबारका दिन ७ लाख ३० हजार भन्दा बढी एसएमएसहरु पठाईएका थिए ।

पश्चिम राप्ति नदीको कुसुमको जल सतह खतराको तह भन्दा माथि पुगेकोले सुरक्षित स्थानमा जान अनुरोध, बर्दियाको बबई तटीय क्षेत्रका ग्राहकलाई पानीको बहाब खतरा तह भन्दा निकै माथि पुग्दै गरेकाले सुरक्षित स्थानमा रहन तथा जान अनुरोध र बागमती नदीको तल्लो तटीय क्षेत्र (रौतहट, सर्लाही) मा भारी वर्षा भएकोले नदीको तटीय र डुबान भईरहने क्षेत्रमा रहनेहरुलाई सुरक्षित स्थानमा रहन अनुरोध लगायतका एसएमएसहरु शनिबारको दिन पठाईएको थियो ।

नदीमा पानीको जलसहतको स्थितिअनुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई एसएमएस सम्प्रेषण गरेको हो । बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने गरेको छ ।

पानीको सतह खतराको तहभन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत पाउछँन् । नदीमा पानीको बहावको आधारमा विभिन्न चार प्रकारका एसएमएसहरु पठाउने गरिन्छ ।

एनसेलले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गतवर्ष जल तथा मौसम विज्ञान विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरको थियो । सोही अनुरुप एनसेलले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी का लागि एसएमएस प्रदान गर्दै आएको छ ।

समझदारीपत्र अनुसार, एनसेलले वर्षा र नदीमा जल सहतको आधारमा बाढीपहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी,त्राढ कन्काई, कोशी, बागमती, कर्णा ली, बबई, कमला लगायतका नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएसमार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउँछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।