१६ असार / अर्थ र व्यापार - नौबिसे–मुग्लिन तथा हेटौंडा–नारायणगढ क्षेत्रमा सवारी साधनसँग संघीय सरकारले कर उठाउने भएको छ । सडक बोर्डले मंगलबारबाट ठूला गाडीदेखि मोटरसाइकलसम्मबाट कर उठाउने भएको हो ।
सरकारलाई यसलाई ‘सडक उपभोग दस्तुर’ नाम दिएको छ । न्युन्तम १० रुपैयाँदेखि १२० रुपैयाँसम्म असुल गरिने छ । नौबिसे–मुग्लिङमा भारी सवारी साधन (बस, मिनीबस, ट्रक, मिनी ट्रक र हेभिमेशिनरी इक्विप्मेन्ट) लाई १२० रुपैयाँ लिइने छ । साथै कार, जीप, पिकअप भ्यान र ट्र्याक्टरसँग ५० रुपैयाँ र तीनपाङ्ग्रे टेम्पो र मोटरसाइकलसँग १० रुपैयाँ उठाउने निर्णय गरेको छ ।
यसैगरी हेटौंडा–नारायणगढ क्षेत्रमा भारी सवारीलाई १०० रुपैयाँ दस्तुर तोकिएको छ । कार, जिपलाई ४० रुपैयाँ र मोटरसाइकललाई १० रुपैयाँ दस्तुर तोकिएको छ ।
तपाईको प्रतिक्रिया