logo

नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न

    3339   पटक पढिएको

२७ कात्र्तिक / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पूर्व अध्यक्ष यादव प्रसाद खनालको स्वर्गारोहण भएको तेह्रौं दिनको पूण्यतिथिमा सोमवार एक श्रद्धान्जली सभा आयोजना गरेको छ । तत्कालिन समयमा सीता ट्राभल प्रा.लि.का सञ्चालक रहेका खनाल सन १९६८ देखि १९७० सम्म नाट्टाको अध्यक्ष रहेका थिए ।

श्रद्धान्जली सभामा नाट्टाका पूर्व अध्यक्षहरु आर.एम.सिंह,ध्रुवनारायण श्रेष्ठ,रामकाजी कोने,अर्जुन शर्मा,वरिष्ठ पर्यटन व्यवसायि विक्रम पाण्डे,श्याम प्रसाद थपलिया लगायत नाट्टाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । उपस्थित सवैले खनालको तस्विरमा फुल अर्पण गरि श्रद्धान्जली व्यक्त गरेका थिए ।

श्रद्धान्जली सभामा बोल्दै नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले खनाललाई आँफुले एक स्पष्ट वक्ताको रुपमा पाएको वताए । त्यस्तै नाट्टाका पुर्व अध्यक्ष आर.एम.सिंहले नाट्टाको स्थापना गर्न खनालको भुमिका महत्वपूर्ण रहेको स्मरण गरे । नाट्टाका प्रथम उपाध्यक्ष सि.एन पाण्डेले अग्रजहरुको सम्मानका लागी नाट्टाले यो संस्कार सुरु गरेको वताए । श्रद्धान्जली सभाको सञ्चालन नाट्टाका महासचिव भिम प्रसाद पन्तले गरेका थिए ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।