२५ असोज/अर्थ र व्यापार– व्यवसायी, समाजसेवी तथा ‘योगदान राष्ट्रको लागि’ संस्थाका अध्यक्ष ओम उप्रेतीले देशव्यापी प्राथमिक उपचार तालिम संञ्चालन गर्ने घोषण गरेको छ ।
काठमाडौंको धापासी स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै समाजसेवी उप्रेतीले ‘योगदान राष्ट्रको लागि’ फाउण्डेसन मार्फत राष्ट्रव्यापी रुपमा प्राथमिक उपचार तालिम संञ्चालन गर्ने घोषण गरेको हो ।
‘प्राथमिक उपचार हाम्रो सरोकार’ भन्ने नाराका साथ फाउण्डेसनले देशका विभिन्न जिल्लामा प्राथमिक उपचार तालिम अभियान सञ्चालनको घोषणा गरेको हुन् ।
संस्थाका अध्यक्ष ओम उप्रेतीले ‘योगदान राष्ट्रको लागि’ अभियान देशको ७७ वटै जिल्लामा बिस्तार गरिएको बताए ।
‘योगदान राष्ट्रको लागि’ फाउण्डेसनले प्रत्येक जिल्लामा संयोजक तोकेर प्राथमिक उपचार तालिमदेखी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
तपाईको प्रतिक्रिया