logo

नेशनल हाइड्रोपावरमा नयाँ सञ्चालक समितिको चयन

    1449   पटक पढिएको

३१ साउन / अर्थ र व्यापार – पटक पटक विवादित बन्दै आएको नेशनल हाइड्रोपावर कम्पनीमा नयाँ सञ्चालक समिति चयन भएको छ । हाथवे इन्भेष्टमेन्टबाट समेत प्रतिनिधित्व रहने गरेर सञ्चालक समिति सर्वसम्मतले चयन भएको हो । कम्पनीको २० औं साधारण सभाले समिति सदस्य चुनेको हो ।

कम्पनीको सञ्चालक समितिमा हाथवे इन्भेष्टमेन्टका नवराज नेपाल पनि पुगेका छन् । उनकै नेतृत्व (अध्यक्षता) कम्पनीमा रहने खबरहरु आएपनि नेपालले हाल यसको टुंगो नलागेको बताएका छन् ।

समितिमा एनबी समूहको तर्फबाट एल्सन श्रेष्ठ, सोमनाथ सापकोटा पुगेको बुझिएको छ । यसअघि कम्पनीको सञ्चालक समितिमा रहेका विश्वेश्वर सुवेदी र इन्जिनियर कुमार पाण्डे पनि नयाँ समितिमा रहने भएका छन् । त्यस्तै समितिमा बासुदेव गौतम र सुशिला कुमारी शर्मा रहेका छन् ।

विज्ञ सदस्यहरुको रुपमा अन्य दुई सञ्चालक भने चयन हुँन बाँकी रहेको छ । हाथवेको प्रवेशसँगै कम्पनीमा सुधार हुने अपेक्षा लगानीकर्ताहरुले गरिरहेका छन् ।

हाथवे इन्भेष्टमेन्टका अध्यक्ष अम्बिका पौड्यालले भने जलविद्युत क्षेत्रमा समूहको प्रवेश भएको रुपमा यसलाई नलिन र कम्पनी सुधारको लागि यो कदम चालिएको बुझ्न आग्रह गरे । हाथवेको सेयर, बिमा, बैंक, केबुल कार कम्पनी लगायतका क्षेत्रमा लगानी रहदै आएको छ ।

नेशनल हाइड्रोले सुनकोशी हाइड्रोवापर कम्पनीको तल्लो इन्द्रावती आयोजना हालै सकारेको छ । यही कारण कम्पनी गत आवमा नोक्सानमा रहेको बुझिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।