logo

नेशनल हाइड्रोपावरमा नयाँ सञ्चालक समितिको चयन

    1739   पटक पढिएको

३१ साउन / अर्थ र व्यापार – पटक पटक विवादित बन्दै आएको नेशनल हाइड्रोपावर कम्पनीमा नयाँ सञ्चालक समिति चयन भएको छ । हाथवे इन्भेष्टमेन्टबाट समेत प्रतिनिधित्व रहने गरेर सञ्चालक समिति सर्वसम्मतले चयन भएको हो । कम्पनीको २० औं साधारण सभाले समिति सदस्य चुनेको हो ।

कम्पनीको सञ्चालक समितिमा हाथवे इन्भेष्टमेन्टका नवराज नेपाल पनि पुगेका छन् । उनकै नेतृत्व (अध्यक्षता) कम्पनीमा रहने खबरहरु आएपनि नेपालले हाल यसको टुंगो नलागेको बताएका छन् ।

समितिमा एनबी समूहको तर्फबाट एल्सन श्रेष्ठ, सोमनाथ सापकोटा पुगेको बुझिएको छ । यसअघि कम्पनीको सञ्चालक समितिमा रहेका विश्वेश्वर सुवेदी र इन्जिनियर कुमार पाण्डे पनि नयाँ समितिमा रहने भएका छन् । त्यस्तै समितिमा बासुदेव गौतम र सुशिला कुमारी शर्मा रहेका छन् ।

विज्ञ सदस्यहरुको रुपमा अन्य दुई सञ्चालक भने चयन हुँन बाँकी रहेको छ । हाथवेको प्रवेशसँगै कम्पनीमा सुधार हुने अपेक्षा लगानीकर्ताहरुले गरिरहेका छन् ।

हाथवे इन्भेष्टमेन्टका अध्यक्ष अम्बिका पौड्यालले भने जलविद्युत क्षेत्रमा समूहको प्रवेश भएको रुपमा यसलाई नलिन र कम्पनी सुधारको लागि यो कदम चालिएको बुझ्न आग्रह गरे । हाथवेको सेयर, बिमा, बैंक, केबुल कार कम्पनी लगायतका क्षेत्रमा लगानी रहदै आएको छ ।

नेशनल हाइड्रोले सुनकोशी हाइड्रोवापर कम्पनीको तल्लो इन्द्रावती आयोजना हालै सकारेको छ । यही कारण कम्पनी गत आवमा नोक्सानमा रहेको बुझिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।