logo

प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी

    1392   पटक पढिएको

७ माघ /अर्थ र व्यापार  - सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी गरेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकै बीच विधेयक पेस गर्न लागिएको हो ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले प्रतिनिधिसभा बैठकको आजको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको बताए ।

अनसनरत डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गरेर मात्रै विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने तर्क प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छ । विगतमा आफूसँग भएका सहमतिविपरित विधेयक ल्याइएको विरोधमा डा. केसीले अनसन जारी राखेका छन् ।
गत साउनमा उपत्यकाबाहिरका विभिन्न स्थानमा सरकारी मेडिकल खोल्नेलगायत बुँदामा सरकार र केसीबीच सम्झौता भएको थियो । तर, प्रमुख प्रतिपक्ष कांग्रेस र केसी दुवैले विगतमा भएका सम्झौताबाट पछि हट्दै सरकारले विधेयक तयार पारेको आरोप लगाएका छन् ।

अनसन र प्रतिपक्षको मागकै बीच सरकारले विधेयक पास गर्ने रणनीति बनाएपछि प्रमुख प्रतिपक्ष दल भने त्यसलाई अघि बढ्न नदिने तयारीमा छ । जबरजस्त विधेयक अघि बढाए संसद् बैठक अवरुद्ध पार्ने चेतावनी कांग्रेसले दिँदै आएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।