logo

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराकासाथ राष्ट्रिय जलवायु सम्मेलन सुरु

    1351   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार  - ‘राष्ट्रिय जलवायु परिवर्तन २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पर्ने गुफाडाँडामा भएको सम्मेलनमा ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, विषय विज्ञहरुको सहभागिता रहेको छ । जिल्लाका १२ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले पनि कार्यक्रममा सहभागिता जनाएका छन् ।

समुद्री सतहबाट २ हजार ५ सय मिटर उचाइमा रहेको स्थानमा सम्मेलन भैरहेको छ । पश्चिम र दक्षिणतिर जुगल हिमशृंखला टल्केको देख्न सकिन्छ । सँधैजसो सिरेटो चल्ने गुफाडाँडामा भेला भएर  ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुख दुई दिनसम्म जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरका बारेमा छलफलमा जुट्दै छन् ।  सम्मेलनमा भाग लिन टोलीसहित सबै जिल्लाका प्रमुख, उपप्रमुखलगायत सहभागीहरु मेलम्ची खानेपानीको मुहानको अवलोकन गरेर गुफाडाँडा आइपुगेका हुन् । यहाँ जलवायु परिवर्तनको असर झल्कने मानव मुर्ति बनाइएको छ । सम्मेलन स्थलमा मान्छेले पृथ्वी उचालेको मूर्ति हिमालतिर फर्केको छ । आयोजकका अनुसार मूर्तिको सन्देश हुन्छ, ‘मान्छेले नै मिलेर पृथ्वी बचाउने हो । अन्यथा पृथ्वीले नै मान्छेलाई थिच्छ ।’ 

मूर्तिसँगै ७७ वटा राष्ट्रिय झण्डा फहराएको छ । यी झण्डा ७७ जिल्लाका प्रमुखले एकसाथ झण्डोत्तोलन गरेर सम्मेलन सुभारम्भ गर्नेछन् । हरेक झण्डामा नेपाली वर्णानुक्रम अनुसार जिल्लाको नाम लेखिएको छ । औद्योगिक मुलुकहरुले कार्बन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दबाब दिने सम्मेलन मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमूख कृष्णगोापाल तामाङले जानकारी दिय ।  गुफाडाँडा आएका जनप्रतिनिधिहरु जलवायु परिवर्तनसम्बन्धी विषयमा छफलफलमा जुट्दै छन् । विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । २२ जनाभन्दा बढीको विज्ञ समूहले कार्यपत्र र छलफलमाथि प्राविधिक सहजीकरण गर्नेछन् ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, वातावरण मन्त्रालयका उच्च अधिकारी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री, मन्त्रीसमेत सम्मेलनमा सहभागी भएका छन् । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सांसद अग्नि सापकोटा, क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङ तथा प्रदेश सांसदहरुको सहभागिता रहेको छ । छलफलको निष्कर्षको रुपमा भोलि सिन्धुपाल्चोक घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने छ । सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास लिएका संयोजक तामाङले बताए । त्यसका साथै जिल्लाको पर्यटन प्रवर्द्धनमासमेत सघाउ पुग्ने उनको विश्वास छ ।

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराकासाथ आयोजना हुन लागेको सम्मेलनको वातावरण अनुकुलन दर्शाउने लोगो आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको छ । सम्मेलनमा झण्डै एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।