logo

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराकासाथ राष्ट्रिय जलवायु सम्मेलन सुरु

    1614   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार  - ‘राष्ट्रिय जलवायु परिवर्तन २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पर्ने गुफाडाँडामा भएको सम्मेलनमा ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, विषय विज्ञहरुको सहभागिता रहेको छ । जिल्लाका १२ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले पनि कार्यक्रममा सहभागिता जनाएका छन् ।

समुद्री सतहबाट २ हजार ५ सय मिटर उचाइमा रहेको स्थानमा सम्मेलन भैरहेको छ । पश्चिम र दक्षिणतिर जुगल हिमशृंखला टल्केको देख्न सकिन्छ । सँधैजसो सिरेटो चल्ने गुफाडाँडामा भेला भएर  ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुख दुई दिनसम्म जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरका बारेमा छलफलमा जुट्दै छन् ।  सम्मेलनमा भाग लिन टोलीसहित सबै जिल्लाका प्रमुख, उपप्रमुखलगायत सहभागीहरु मेलम्ची खानेपानीको मुहानको अवलोकन गरेर गुफाडाँडा आइपुगेका हुन् । यहाँ जलवायु परिवर्तनको असर झल्कने मानव मुर्ति बनाइएको छ । सम्मेलन स्थलमा मान्छेले पृथ्वी उचालेको मूर्ति हिमालतिर फर्केको छ । आयोजकका अनुसार मूर्तिको सन्देश हुन्छ, ‘मान्छेले नै मिलेर पृथ्वी बचाउने हो । अन्यथा पृथ्वीले नै मान्छेलाई थिच्छ ।’ 

मूर्तिसँगै ७७ वटा राष्ट्रिय झण्डा फहराएको छ । यी झण्डा ७७ जिल्लाका प्रमुखले एकसाथ झण्डोत्तोलन गरेर सम्मेलन सुभारम्भ गर्नेछन् । हरेक झण्डामा नेपाली वर्णानुक्रम अनुसार जिल्लाको नाम लेखिएको छ । औद्योगिक मुलुकहरुले कार्बन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दबाब दिने सम्मेलन मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमूख कृष्णगोापाल तामाङले जानकारी दिय ।  गुफाडाँडा आएका जनप्रतिनिधिहरु जलवायु परिवर्तनसम्बन्धी विषयमा छफलफलमा जुट्दै छन् । विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । २२ जनाभन्दा बढीको विज्ञ समूहले कार्यपत्र र छलफलमाथि प्राविधिक सहजीकरण गर्नेछन् ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, वातावरण मन्त्रालयका उच्च अधिकारी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री, मन्त्रीसमेत सम्मेलनमा सहभागी भएका छन् । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सांसद अग्नि सापकोटा, क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङ तथा प्रदेश सांसदहरुको सहभागिता रहेको छ । छलफलको निष्कर्षको रुपमा भोलि सिन्धुपाल्चोक घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने छ । सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास लिएका संयोजक तामाङले बताए । त्यसका साथै जिल्लाको पर्यटन प्रवर्द्धनमासमेत सघाउ पुग्ने उनको विश्वास छ ।

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराकासाथ आयोजना हुन लागेको सम्मेलनको वातावरण अनुकुलन दर्शाउने लोगो आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको छ । सम्मेलनमा झण्डै एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।