logo

आर्थिक पत्रकारलाई बैंकिङ क्षेत्रसँग सम्बन्धीत विषयमा एनबीआइले तालिम दिने सम्झौता

    1118   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार  - नेशनल बैंकिङ इस्टिच्यूट (एनबीआइ) र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) बीचमा मंगलबार सम्झौता भएको छ । आर्थिक पत्रकारलाई बैंकिङ क्षेत्रसँग सम्बन्धीत विषयमा एनबीआइले तालिम दिने सम्बन्धी सम्झौतामा मंगलबार नाफिजका बरिष्ठ उपाध्यक्ष इन्द्र बानिया र एनबीआइका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका थिए ।

एक वर्षसम्म एनबीआइले गर्ने विभिन्न गोष्टि तथा छलफलहरुमा नाफिजका एक जना सदस्यलाई सहभागी गराउने सम्झौतामा उल्लेख छ । त्यस्तैगरि, एनआबीआइले उपलब्ध गराउने विभिन्न एएमएलर सिएफटी लगायतका अनलाइन तालिमहरुमा तीन वर्षसम्म हरेक वर्ष २५ जनालाई सहभागी गराउने सम्झौता भएको छ ।

त्यस्तै आवश्यकता अनुसारका तालिमहरु एनबीआइको सहकार्यमा नाफिजको आवश्यकता अनुसार आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन सहमति भएको छ । नेपालको बैकिङ क्षेत्रको बारेमा साक्षार बनाउन एनबीआइ सधै तत्पर रहेको र आर्थिक पत्रकारहरुको सस्था नै एनबीआइसँग सहकार्य गर्न आउदा अझ सहज भएको एनबीआइका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताएका छन् । त्यस्तै सोहि कार्यक्रममा नाफिजका बरिष्ठ उपाध्यक्ष बाँनियाले आर्थिक क्षेत्रमा कलम चलाइरहका पत्रकारहरुले लेख्ने समाचार सहि र तथ्य परक बनाउन तालिमको आवश्यकलाई एनबीआइले पुरा गर्ने धारण व्यक्त गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।