logo

नेपाल वायु सेवा निगमले दुई वर्षमा १० वटा नयाँ जहाज थप्ने

    2046   पटक पढिएको

२७ आषाढ/अर्थ र व्यापार– नेपाल वायुसेवा निगमले आगामीे दुई वर्ष भित्रमा आठवटा ट्विन अटर र दुईवटा  न्यारोबडी ए ३२०–२०० नयाँ जहाज थप्ने भएको छ ।

खरिदको प्रक्रिया अघि बढाइसकेको प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । जहाज खरिदका लागि आवश्यक ऋण लिन निगमले संचय कोषसँग अनौपचारिक बैठक गरिसकेको उनले बताए । 

न्यारो बडी जहाज खरिदका लागि १२ अर्ब रुपैयाँ लाग्ने उनले बताए । उनका अनुसार न्यू इन्जिन अप्सन (नियो) युक्त जहाजले १५ प्रतिशत इन्धन किफायत हुनेछ ।

निगमले खरिद गर्न लागेको छ वटा साना जहाजको मूल्य भने चार अर्ब रुपैयाँ पर्ने कंसाकारले बताए । रक तर्फ हिस्सा बढाउन ८ वटा नयाँ जहाज किन्न लागिएको हो । आठवटा जहाजमध्ये छ वटा जहाजले विकट क्षेत्रमा उडान भर्नेछ भने दुईवटाले विराटनगर, जनकपुर लगायत ट्रंक रुटमा उडान गर्ने उनले बताए ।

निगमले रुम्झाटार, साँफेबगर, चौरझारी लगायतका क्षेत्रमा उडानको लागि गृहकार्य गरेको उनले बताए । अर्को वर्ष्भित्र दुईवटा न्यारोबडी जहाज ए३२०–२०० थपेर भारत,चीन, म्यानमार, श्रीलंका लगायतका मुलुकमा उडान भर्ने कंसाकारले बताए ।

निगमले डेढवर्ष भित्र इन्टरनेशनल एयर ट्रान्स्पोर्ट एशोसिएसन(आइएटीए)बाट   अन्तर्रा्ष्ट्रिय स्तरको एयरलाइन्समा रुपान्तरण गर्नका लागि गृहकार्य सुरु गरिसकेको बताएको छ । अन्तर्रा्ष्ट्रिय सेवातर्फ अनलाइन बुकिङको पूर्वाधार तयार गरिसकेको बताउँदै साउनबाट संचालनमा आउने उनले बताए ।अनलाइन टिकट बुकिङका लागि ई(सेवा र आइएमई पेसँग सहकार्य गरेको निगमले जनाएको छ ।

कंसाकारका अनुसार व्यवस्थापन सुधारका लागि निगमले एआरपी (एन्टरप्राइज रिसोर्स प्लानिङ) भित्र्याउन प्रारम्भिक अध्ययन सुरु गरिसकेको छ ।

नेपालमा पाइलटको अभावका कारण निगमले विदेशी पाइलट करारमा राख्ने योजना बनाएको उनले बताए । १३ वटा जहाजका लागि एक सय १६ पाइलट आवश्यक रहेकोमा हाल भने ८८ जनामात्र पाइलट कार्यरत रहेको निगमले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।