१८ असार/अर्थ र व्यापार– आगामी जुलाई ८ तारिखमा थप १० लाख डोज खोप लिनको लागि नेपाल एयरलाइन्सको जहाज चिन जाने भएको छ ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले आगामी जुलाई ८ तारिखमा खोप ल्याउन एयरलाइन्सको विमान चीन जाने बताए । उनले विमान जुलाई ८ तारिखमा गएर ९ तारिखमा फर्कने जानकारी दिए ।
चीनबाट ल्याउन लागिएको खोप अनुदानको हो वा खरिद गरिएको हो भन्ने विषयमा सरकारले जानकारी गराएको छैन ।
तपाईको प्रतिक्रिया