logo

आगलागीमा परेर बाँचेकाहरुलाई नबिल बैंकको सहयोग

    1482   पटक पढिएको

१ असार / अर्थ र व्यापार - एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपालसँग सहकार्य गरी नबिल बैंकले बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल लाई एक लाख वरावरको खाने कुरा, स्टेशनरी, स्कूल ब्याग, छाता, जुत्ता पालिस, नरिवलको तेल, पौष्ठीक आहार तथा अन्य दैनिक रुपमा आवस्यक पर्ने सामाग्रीहरु प्रदान गरेको छ ।

यी सामाग्रीहरु संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० जना बालबालिकाहरुलाई वितरण गर्न जेठ ३० गते बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई बैंकले हस्तान्तरण गरिएको थियो ।  

बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसारदुर्घटनाका उत्पीडित महिला तथा बालबालिकाहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो ।

स्थापना भएको समयदेखी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालले ६ सयभन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा तथा सर्जिकल सहयोग उपलब्ध गराएको छ । आगलागीबाट पीडीत बालबालिकाहरुलाई शिक्षा आर्जन गर्न सहयोग पूयाृउने उद्देश्यले नबिल बैंकले बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालसंगको सहकार्यमा शैक्षिक तथा दैनिक रुपमा आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरेको हो ।

नबिल बैंकका नायब महाप्रवन्धक रमेश प्रसाद लोहनीले उक्त सामाग्रीहरु बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल लाई हस्तान्तरण गरेका हुन् । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तररुपमा सहयोग गरीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।