१९ असार / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्जले नासा सेक्युरिटिजलाई तीन कार्य दिनका लागि सेयर कारोबारमा बन्देज लगाएको छ । नेप्सेले समयमा राफसाफ नगरेको भन्दै नासालाई तीन दिनका लागि निलम्बन गरेको हो ।
नेप्सेका अनुसार असार १९ गतेदेखि २१ गतेसम्म नासाले सेयर कारोबार गराउन पाउने छैन । समयमा सेयर किनबेच गरेको रकम तीन कार्य दिनमा भुक्तान नगर्ने दलाललाई यसरी निलम्बन गर्ने गरिन्छ ।
यस अघि राफसाफ नगराउने दलाललाई सात कार्य दिनका लागि निलम्बन गर्ने गरिएकोमा केही समय अघि देखि तीन दिनका लागि मात्र निलम्बन गर्न थालिएको हो ।
तपाईको प्रतिक्रिया