logo

७ सामूहिक लगानीकोषद्वारा ७१ करोड १४ लाख करछलि गरेको महालेखा परिक्षकको कार्यालयको स्पष्टोक्ति 

    1582   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार  - ७ वटा सामूहिक लगानीकोषले ७१ करोड १४ लाख कर छलि गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । ७ वटा म्युचुअल फण्डहरुले तीन आर्थिक वर्षको २ अर्ब ३७ करोड ७३ लाख नाफामा लाग्ने आय करबाट सो रकम असुली गर्नुपर्ने ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले ती म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०७१र७२, ७२र७३, र ७३र७४ को आयमा लाग्ने कर नतिरेका जनाएको हो । सो समयको कारोबार कर्ताको कारोबार क्षेत्र पहिचान गरी कबर असुल्न सुझाब दिएको छ । महालेखा कार्यालयले म्युचुुअल फण्डले आफ्नो आर्जनमा ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था रहेकोमा ७ म्युचुुअल फण्डहरु आयकरमा दर्ता नभएको तथा मुनाफामा लाग्ने कर पनि दाखिला नगरेको स्पष्ट पारेको छ ।

महालेखाले आयकर ऐनको दफा ८८ (४) (ङ) मा म्युचुअल फण्डहरुलाई अग्रिम करकट्टी गर्नु नपर्ने व्यवस्था गरेपनि कर छुट पाउने संस्थाभित्र म्युचुअल फण्डहरु नपर्ने निष्कर्ष निकालेको हो । भारतका म्युचुअल फण्डहरुलाई आयकर नलाग्ने व्यवस्था रहेपनि सोको प्रतिस्थापनको रुपमा कारोबारमा आधारित कर लगाउने गरेको महालेखाले जनाएको छ ।

महालेखापरिक्षक टंकमणी दंगाल शर्माले आयकर ऐन अनुसार वित्तीय संस्था वा यस्ता निकायको कर योग्य आयमा ३० प्रतिशत कर लाग्ने स्पष्ट व्यवस्था रहेकोमा सरकारलाई उक्त ऐन अनुसार कर उठाउन निर्देशन दिएका हुन् । धितोपत्र व्यवसायीहरुले हित निसर्ग गर्दा अग्रिम कर कट्टी नगरेको र आर्जित नाफा सम्बन्धित कोषका धनीबीच बाँडफाँड गर्दा समेत कर कट्टा नगरेको महालेखाले जनाएको छ । हाल १३ वटा सामूहिक लगानी कोषहरु सञ्चालित रहेका छन् । सो मध्ये ६ वटाले आयकर नतिरेका हुन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।