logo

७ सामूहिक लगानीकोषद्वारा ७१ करोड १४ लाख करछलि गरेको महालेखा परिक्षकको कार्यालयको स्पष्टोक्ति 

    1693   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार  - ७ वटा सामूहिक लगानीकोषले ७१ करोड १४ लाख कर छलि गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । ७ वटा म्युचुअल फण्डहरुले तीन आर्थिक वर्षको २ अर्ब ३७ करोड ७३ लाख नाफामा लाग्ने आय करबाट सो रकम असुली गर्नुपर्ने ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले ती म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०७१र७२, ७२र७३, र ७३र७४ को आयमा लाग्ने कर नतिरेका जनाएको हो । सो समयको कारोबार कर्ताको कारोबार क्षेत्र पहिचान गरी कबर असुल्न सुझाब दिएको छ । महालेखा कार्यालयले म्युचुुअल फण्डले आफ्नो आर्जनमा ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था रहेकोमा ७ म्युचुुअल फण्डहरु आयकरमा दर्ता नभएको तथा मुनाफामा लाग्ने कर पनि दाखिला नगरेको स्पष्ट पारेको छ ।

महालेखाले आयकर ऐनको दफा ८८ (४) (ङ) मा म्युचुअल फण्डहरुलाई अग्रिम करकट्टी गर्नु नपर्ने व्यवस्था गरेपनि कर छुट पाउने संस्थाभित्र म्युचुअल फण्डहरु नपर्ने निष्कर्ष निकालेको हो । भारतका म्युचुअल फण्डहरुलाई आयकर नलाग्ने व्यवस्था रहेपनि सोको प्रतिस्थापनको रुपमा कारोबारमा आधारित कर लगाउने गरेको महालेखाले जनाएको छ ।

महालेखापरिक्षक टंकमणी दंगाल शर्माले आयकर ऐन अनुसार वित्तीय संस्था वा यस्ता निकायको कर योग्य आयमा ३० प्रतिशत कर लाग्ने स्पष्ट व्यवस्था रहेकोमा सरकारलाई उक्त ऐन अनुसार कर उठाउन निर्देशन दिएका हुन् । धितोपत्र व्यवसायीहरुले हित निसर्ग गर्दा अग्रिम कर कट्टी नगरेको र आर्जित नाफा सम्बन्धित कोषका धनीबीच बाँडफाँड गर्दा समेत कर कट्टा नगरेको महालेखाले जनाएको छ । हाल १३ वटा सामूहिक लगानी कोषहरु सञ्चालित रहेका छन् । सो मध्ये ६ वटाले आयकर नतिरेका हुन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।