logo

असार १५ को अवसरमा १७ औं मुक्तक मेला सम्पन्न 

    2127   पटक पढिएको

१५ असार / अर्थ र व्यापार- नेपाल मुक्तक प्रतिष्ठानले नियमित मुक्तक वाचनको १७ औँ शृंखला भव्यताका साथ सम्पन्न गरेको छ । अनामनगरस्थित मीडिया इन्टरनेशनलको हलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, प्रमुख अतिथि साहित्यकार जैनेन्द्र जीवन, विशेष अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार वियोगी बुढाथोकी, रमेश पौडेल लगायत उपस्थित समारोहमा १४ जना मुक्तककारहरूले विभिन्न विषयवस्तुका मुक्तकहरू सुनाएका थिए ।

प्रतिष्ठानले हरेक असार १५ को अवसरमा मुक्तक प्रतिष्ठानमा मुक्तक वाचन गरेर दही च्युरा खुवाउने कार्यक्रमको परम्परा रहि आएको छ । कार्यक्रममा उदास कार्की,एलिसा एकलास,किरण दर्पण,भगवती बस्नेत, पारू स्मृति, प्रकाश बस्नेत गफाडी, प्रकाश घायल, सन्तोष अम्गाई,सुनिल अधिकारी, रवीन्द्र आशीष शैली, शिवराम खड्का, निर्मल रमण पराजुली,चापाहाड् चेमेजोड र लव गाउँलेले मुक्तक बाचन गरेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।