logo

मपविविको अपरिपक्व निर्णय, एक महिनामै सेमेष्टर सक्ने, ६० पूर्णाङ्कको परीक्षालाई ८ घण्टा समय 

    1422   पटक पढिएको


५असोज/अर्थ र व्यापार– सामान्यतय विश्वविद्यालय तहमा १०० पूर्णाङ्कको परिक्षाको लागि ४ घण्टाको समय हुन्छ । तर मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले भने सातौं सेमेस्टरका विद्यार्थीहरुको ६० पूर्णाङ्कको परीक्षाको लागि ८ घण्टा समय तोकेको छ ।

मध्यपश्चिम विश्वविद्यालय(मपविवि)को परीक्षा सम्बन्धी निर्देशिकामा अनुसार इन्जिनियरिङतर्फ सातौं सेमेस्टरको ६० पूर्णाङ्कको परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ भने प्रश्नको उत्तर लेखेर अपराह्न ४ बजेभित्र बुझाइसक्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

यतिमात्र नभई मध्यपश्चिम विश्वविद्यालय(मपविवि)ले अढाई महिना भित्रै २ वटा सेमेस्टर सकाउने अपरिपक्व निर्णय गरेको छ । सातौं सेमेस्टरको परीक्षा असोज १७ गतेबाट सुरु गरेर कात्तिक ६ गते सकिने तालिका सार्वजनिक गरेको विश्वविद्यालयले भदौ ३० गते निकालेको एक सूचना अनुसार आठौं सेमेष्टरका सबै परीक्षाहरु पनि मंसिर मसान्तसम्म सकाउनुपर्ने उल्लेख छ । पाठ्यक्रममा उल्लेख भएअनुसार विद्यार्थीहरुले आठौं सेमेष्टरमा इन्जिनियरिङतर्फ प्रोजेक्ट वर्क र तीन महिने इन्टर्नसीपसमेत गर्नुपर्ने हुन्छ ।

मपविविको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीले विद्यार्थीहरुको लागि हलमा परीक्षा दिँदा चार घण्टाको समय र थप चार घण्टा इमेल गर्ने समय थपेको बताए । कर्णाली प्रदेशको भौगोलिक विकटता, इन्टरनेट र विद्युतको अवस्थालाई ध्यानमा राखी ८ घण्टाको समय तोकिएको बताए उनको भनाई छ । 

नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष प्रा. डा. त्रिरत्न बज्राचार्यले विश्वविद्यालयले एक महिनामै आठौं सेमेष्टर सक्ने निर्णय गरेको भए त्यो गलत भएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।