logo

सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिद्वारा जानकारी

    958   पटक पढिएको

७ माघ /अर्थ र व्यापार - मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत महीना निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिलाई सरकारले नियन्त्रणमा लिएको थियो ।

क्रिसमस मनाएर काममा फर्किने सहमति गरेको निर्माण व्यवसायी एक महीना बित्दा पनि काममा नफर्की आयोजनासँग सम्पर्कमा समेत नआएकाले ठेक्का सम्झौता रद्द गरी बाँकी काम अघि बढाउने विषयमा परामर्शदातालगायत सरोकार भएका निकायका अधिकारीसँग छलफल भइरहेको समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

यस सम्बन्धमा आज भोलि नै सूचना जारी गर्ने तयारी भएको पनि उनले बताए । पछिल्लो समय सुरुङ ‘फिनिसिङ’ काम अन्तिम चरणमा पुगेको थियो । यसबीचमा निर्माण व्यवसायी नै हिँडेपछि काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।
सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौँको सुन्दरीजलसम्म २७.५ किमी सुरुङ निर्माण गरी मेलम्ची खोलाको पानी राजधानीमा ल्याउने अन्तिम समयमा एक महीनादेखि काम हुन सकेको छैन । सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । साढे आठ करोड लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माण भइरहेको छ ।

पानी वितरणका लागि उपत्यकामा पहिलो चरणको थोक एवं वितरण सञ्जालको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको लक्ष्य छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।