१७ असार/अर्थ र व्यापार– बुधबार दिउँसोदेखि निरन्तर परेको वर्षाले मेलम्ची खोलाको बहाव पुनः बढेको छ ।
असार १ गते र असार ५ गतेको बाढीले बिध्वंस मच्चाएको मेलम्ची खोलाको बहाव पुनः बुधबार दिउँसोदेखि बढ्न थालेपछि हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती फेरि जोखिममा परेको छ ।
मेलम्ची खोलाको बहाव बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले बढ्न थालेपछि प्रहरीले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ ।
असार १ गते र असार ५ गतेको बाढी पश्चात अझैपनि मेलम्ची खोलाले किनारका घर, संरचना र खेतीयोग्य जमिन कटान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया