११ माघ/अर्थ र व्यापार– खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् ।
मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्र्तगतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन पछि प्राविधिक रुपले सन्तोषजनक भएको बताए ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेपछि विज्ञ समूहलाई निरिक्षण गराएको जानकारी दिए ।
निर्देशक खत्रीले बिज्ञ समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि हाल काम भइरहेको भन्दै सुुधारको काम तीन हप्ता भित्र सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने जानकारी दिए ।
तपाईको प्रतिक्रिया