१३ असोज/अर्थ र व्यापार– प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई मेगा बैंक नेपालले एक करोडसम्म ऋण दिने स्किम ल्याएको छ ।
बैंकले एक विज्ञप्ति जारी गर्दै प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैयाँसम्मको ऋण सुविधा दिईने जनाएको छ ।
यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन(व्यावसायिक कर्जा) र अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।
कोभिड–१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विशेष अफर ल्याएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया