३ साउन / अर्थ र व्यापार – नेपाल उद्योग परिसंघको १४ औं वार्षिक साधारणसभा साउन ६ गते काठमाडौंमा हुने भएको छ । वार्षिक साधारणसभा परिसंघको नियमित पक्रिया भएपनि यसपालीको साधारणसभा विशेष रहने छ ।
“समृद्घिका लागि लगानी र विकासको अपरिहार्यता” भन्ने मुल नारा र बसहसहित सम्पन्न हुने उक्त सभाको अवसरमा मुलुकका सबै शिर्षस्थ नेता, व्यवसायी, बुद्धिजिबीहरुलाई सँगै राखेर बहस चलाइने छ ।
साझा आर्थिक दृष्टिकोणका साथै कार्यान्वयनमा व्यवहारिक प्रतिवद्धताको अपेक्षा सहित परिसंघले राजनैतिक दलका शीर्ष नेताहरुलाई एउटै थलोमा आमन्त्रण गरी समृद्धिको मुद्धालाई नयाँ ढंगबाट बहस र छलफलमा ल्याउने जमर्को गरेकोे छ ।
तपाईको प्रतिक्रिया