logo

सरकारी मर्यादाक्रम हेरफेर गरिने, संशोधनपछि मुख्यमन्त्रीहरुको मर्यादाक्रम संघीय सरकारका मन्त्री सरह हुने

    1480   पटक पढिएको

२२ पुस/ अर्थ र व्यापार  - सरकारले जनप्रतिनिधिहरुलाई माथि राखेर सरकारी मर्यादाक्रम हेरफेर गर्न लागेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकमा नयाँ मर्यादाक्रम प्रस्ताव गरिएको थियो, जसमा थप गृहकार्य गर्ने जिम्मा सञ्चारमन्त्री गोकुल बास्कोटा र मुख्य सचिव लोकदर्शन रेग्मीलाई दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो ।

त्यस्तै नगरपालिकाका मेयरलाईसहसचिवभन्दा तल राखिएको थियो । मर्यादाक्रममा असहमति जनाउँदै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत बुझाएका थिए । उनीहरुले मर्यादाक्रम निर्धारण गर्दा कर्मचारीतन्त्र हाबी भएको आरोप लगाएका छन् ।

नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले इलेक्टेड र सेलेक्टेडहरुको अलगअलग मर्यादाक्रम निर्धारण हुनुपर्ने बताए । राजनीतिज्ञलाई सचिव र उपसचिवभन्दा तल पारेर बनाइएको मर्यादाक्रम स्वीकार्य नहुने भनेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए । हालै सम्पन्न अन्तर प्रदेश समन्वय परिषद बैठकमा पनि मुख्यमन्त्रीहरुले मर्यादाक्रम हेरफेरको माग गरेका थिए । मुख्यमन्त्री, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यहरुको मर्यादाक्रमको कुरा उठ्दा प्रदेशसभा सदस्यहरुलाई सहसचिव सरह राखिएको भन्दै आपत्ति प्रकट भएको थियो ।

सञ्चारमन्त्री बास्कोटा र मुख्यसचिव रेग्मीले केही विषय मिलाएपछि अबको मन्त्रिपरिषदबाट नयाँ मर्यादाक्रम पारित हुने बताइएको छ । संशोधनपछि मुख्यमन्त्रीहरुको मर्यादाक्रम संघीय सरकारका मन्त्री सरह हुनेछ । अहिले पनि सोही व्यवस्था रहेकोमा अब सम्बन्धित प्रदेशमा मुख्यमन्त्री र अन्य ठाउँमा संघीय सरकारमा मन्त्री माथि रहनेछन् । त्यस्तै प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य सरह प्रस्ताव गरिएको छ । यसअघि नेपाल सरकारका मुख्य सचिवभन्दा तल राखिएका प्रदेश मन्त्रीसँगै प्रदेशसभा सदस्यहरुको मर्यादाक्रम पनि मुख्य सचिव र सचिवहरुभन्दा माथि राखिएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयरको मर्यादाक्रम पनि मुख्य सचिवभन्दा माथि हुने भएको छ । संघीय राजधानी भएका महानगरका मेयरको मर्यादाक्रम मन्त्री सरह हुने गरेको भन्दै केही मन्त्रीले महानगरका मेयरलाई राज्यमन्त्री सरहको मर्यादाक्रममा राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सहमति नजुटेपछि काठमाडौंका मेयरको मर्यादाक्रम सांसदहरुको सरह हुने भएको छ । काठमाडौं बाहेक अन्य महानगरपालिकाका मेयरको मर्यादाक्रम भने मुख्य सचिवभन्दा तलै हुनेछ । काठमाडौं महानगरको प्रशासकीय अधिकृत नै सरकारको सचिव हुने भएकाले मेयरको मर्यादाक्रम माथि पारिएको हो । नगरपालिका मेयरको मर्यादाक्रम पनि सहसचिव भन्दा माथि हुनेछ ।

गाउँपालिका अध्यक्षको मर्यादाक्रम उपसचिवभन्दा माथि प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको मर्यादाक्रम महानगरपालिकाका मेयर सरह हुनेछ । जनप्रतिनिधिलाई कर्मचारी भन्दा फरक ढंगले मर्यादाक्रममा मिलाउन खोजिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।