logo

माओवादी केन्द्रले बाढीपीडितलाई दियो ३५ लाख

    1187   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – नेकपा माओवादी केन्द्रले बाढीपीडितलाई ३५ लाख सहयोग गरेको छ । माओवादी केन्द्रले प्रधानमन्त्री राहत कोषमार्फत ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँ सहयोग गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँको चेक हस्तान्तरण गरे ।

तराईका जिल्लामा अविरल वर्षासँगै बाढीले क्षति पुर्याएपछि माओवादी केन्द्रले आफ्ना सांसद्हरुको १ महिनाको तलब बाढीपीडितलाई दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार माओवादी केन्द्रले आफ्ना सांसदको एक महिनाको तलब प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरिएको हो ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने छ । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको अलग्गै दिने भएकाले यसमा नजोडिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।