logo

स्थानीय र प्रदेश सरकारमा जान ६० हजार कर्मचारी तयार रहेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको दाबी

    1582   पटक पढिएको

२९ पुस /अर्थ र व्यापार - सरकारले स्थानीय र प्रदेश सरकारमा जान ६० हजार कर्मचारी तयार भएको बताएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कूल कर्मचारी मध्ये ७० प्रतिशत बढी कर्मचारी समायोजनामा जान तयार भएको दावी गरेका छन् ।उनले अक स्थानीय र प्रदेश तहमा कर्मचारीको अभाव नहुने र नागरिकले सहज रुपमा सेवा पाउने दावी समेत गरेका छन् । तर विभिन्न सेवाका कर्मचारी दिनहुँ जसो आन्दोलनमा रहेका छन् ।

सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्रै कर्मचारी आन्दोलित छन् । स्थानीय निकायका कर्मचारीले निजमति कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने र बढुवाको सुविधा आफूहरुलाई पनि दिनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।
उनीहरुको आन्दोलनका कारण स्थानीय सरकारको काम समेत प्रभावित भइरहेको छ । यस्तै कानून निर्माण गर्ने थलोको रुपमा रहेको संघीय संसद सचिवालयका कर्मचारी पनि लामो समयदेखि आन्दोलनमा रहेका छन् । उनीहरुले ८० प्रतिशत बढी भक्ताको व्यवस्था गर्न माग गरिरहेका छन् । विगतमा आफूहरु भक्ता पाएको भएपनि हाल आएर भक्ता नपाएको दलिल पेश गर्दै आन्दोलन गरिहेका छन् ।

कर्मचारीको आन्दोलनका कारण संघीय संसदका दुई सदनको बैठक समेत ५ बजे पछि राख्नै छाडिएको छ । समितिका बैठकहरु समेत १० बजेदेखि मात्रै राखिएको छ । यसका कारण नीति निर्माणको काम समेत प्रभावित भएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका चिकित्सक र स्वास्थयकर्मीले पनि कर्मचारी समायोजन विधेयक आफूहरुलाई सम्बोधन नगरेको भन्दै आन्दोलन गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औचित्यहिन आन्दोलन नगर्न कर्मचारीलाई आग्रह गर्दै आएको छ । तर चिकित्सक र स्वास्थ्यकर्मीले भने मन्त्रालयको उक्त आग्रहलाई अस्वीकार गर्दै आएका छन् । यसबाट देशको कर्मचारी प्रशासन अस्तव्यस्त मात्रै बन्न पुगेको छैन , नागरिकको काम समेत प्रभावित भएको छ । मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने बताउँदै आएका छन् ।

सङ्घ, प्रदेश र स्थानीय निकायमा गरी १ लाख ३८ हजार कर्मचारीको दरबन्दी रहेको र आवश्यक अपुग कर्मचारी सघीय लोक सेवा आयोगले छोटो प्रक्रियाबाट पदपूर्ति गर्ने तयारी गरिएको छ । सरकारले स्तरोन्नति, थप ग्रेड वृद्धि तथा वृत्ति विकास गर्न कर्मचारीका लागि सम्पूर्ण ढोका खोलेको र अवकाश पछिको सम्पूर्ण सेवा सुविधा भुक्तानी गर्न सघीय सरकार जिम्मेवार रहने व्यवस्था गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।