६ भदौ/अर्थ र व्यापार– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले जग्गाको कित्ताकाट साउन भित्रै फुकाउने तयारी गरेका भएपनि मन्त्रालय फूट्दा जग्गा कित्ताकाटको काम रोकिएको छ ।
कित्ताकाट फुकाउने तयारी गरिरहँदा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फूट्यो र मन्त्री चक्रपाणी खनालको भागमा कृषि मन्त्रालय मात्रै पर्यो ।
भूमि मन्त्रालयको जिम्मेवारी पद्माकुमारी अर्याललाई दिइयो । अर्याल आएपछि कित्ताकाट फुकाउने बारे छलफल त भएपनि फेरी सरुवातबाटै प्रक्रिया अगाडी बढाउन पर्ने भएको हो ।
भुमि मन्त्री पद्माकुमारी अर्यालले जग्गाको कित्ताकाट फुकाउने विषयमा थप गृहकार्य आवश्यक देखिएको जानाकारी दिए । कृषियोग्य जमिनको खण्डीकरण नहुने गरि जग्गाको वर्गीकरण गरेर बाँकी जग्गाको कित्ताकाट फुकुवा गरिने बताईन ।
उनका अनुसार कृषि, पशुपालन, वन, उद्योग र वस्तीका आधारमा जग्गाको वर्गीकरण गरिनेछ ।
कृषि योग्य जमिन नचलाएर कित्ताकाट फुकुवा हुने र भविष्यमा समस्या नआउने गरि थप गृहकार्य गर्न आबश्यक रहेको बताईन ।
तपाईको प्रतिक्रिया