logo

१०८ वटा मालपोत र नापी कार्यालयमा अनलाइन सेवाबाट काम शुरु गरिने

    2003   पटक पढिएको

१९ जेठ /अर्थ र व्यापार - भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अर्यालले देशभरिका १०८ वटा मालपोत र नापी कार्यालयमा चालु आर्थिक वर्षभित्रै अनलाइन सेवाबाट काम शुरु गरिने बताएकी छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सुशासनका निम्ति सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन उक्त सेवा शुरु गर्न लागेको जानकारी दिइन् । कृषियोग्य जमीन बाँझो राखेर समृद्धिको लक्ष्य हासिल पूरा गर्न नसकिने बताउँदै जग्गाको उपयुक्तताको आधारमा वर्गीकरण गरेर सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री अर्यालले मुख्य स्रोतको रुपमा रहेको भूमिलाई व्यवस्थापन गर्न सरकारले कामको शुरुवात गरिरहेको जानकारी दिँदै कृषियोग्य जग्गालाई अधिकतम सदुपयोग गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइन् । उनले सरकारले भूमिसम्बन्धी कानून निर्माण गर्ने क्रममा रहेको बताउँदै एक वर्षभित्र स्थानीय तहलाई भूउपयोग नक्सा हस्तान्तरण गरिने जानकारी दिइन् । मन्त्री अर्यालले जमीनको अवस्था के छ रु  कुन जमीन के को लागि उपयुक्त हो भनी वर्गीकरणअनुसार उपयोग गर्ने विषय ऐनमा समेटिएको जानकारी दिइन् ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।