logo

मलेसिया सरकारले पठायो नेपाली कामदारसम्बन्धि द्वीपक्षीय समझदारीपत्रको मस्यौदा

    1751   पटक पढिएको

५ भदौ/अर्थ र व्यापार– मलेसिया सरकारले कामदार सम्बन्धी द्वीपक्षीय सझदारीपत्रको मस्यौदा नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको छ । 

मलेसियाको मानव संशाधन मन्त्रालयले त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत् नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कामदार सम्बन्धी द्वीपक्षीय सझदारीपत्रको मस्यौदा पठाएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

यसअघि नेपालबाट रोजगारका लागि मलेसिया जाने कामदारहरुमाथि श्रम शोषण हुने गरेको भिसा लगाउँदा वायोमेट्रिक स्क्रिनिङका नाममा अवैध रुपमा पैसा असुल्ने गरेलगायतका मुद्दा उठाउँदै नेपालले मलेसियामा कामदार पठाउन रोक लगाएको थियो । 

मलेसियाले पठाएको मस्यौदामा मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल सुरु गरिसकेको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

यसअघि मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मदले नेपालसँग समस्या समाधानका लागि समझदारी पत्र (एमओयु) मा छिट्टै हस्ताक्षर हुने जानकारी दिएका थिए । उनले नेपालसँग जिटुजी समझदारी गर्दै सरकारी तवरबाटै कामदार ल्याउने बताउँदै आएका छन् । 

अघिल्लो सरकारले विदेशी कामदारका लागि लागू गरेको बायोमेट्रिक स्क्रिनिङका कारण हाल मलेसियामा कामदारको समस्यामा उत्पन्न भएको भन्दै उनले नेपाल, बंगलादेश फिलिपिन्ससहितका देशहरुलाई समेट्ने गरी साझा प्रणालीको विकास गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।