logo

इरानको निजी वायुसेवा कम्पनी महान एयरलाइन्सले नेपालमा चार्टर्ड उडानका लागि चासो

    1170   पटक पढिएको

९ माघ/ अर्थ र व्यापार - इरानको निजी वायुसेवा कम्पनी महान एयरलाइन्सले नेपालमा चार्टर्ड उडानका लागि चासो देखाएको छ । कम्पनीले केहि महिना अघिदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रात्री उडानका लागि प्रस्ताव गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

महानले विमानस्थल सँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनौपचारिक छलफल गरेको उनले बताए । मन्त्रालय प्रस्ताव गरेपनि प्रकृया भने अघि बढेको छैन । नेपाल र इरानबीच हवाई सेवा सम्झौता नभएको कारण कम्पनीले नियमीत उडान गर्न नपाउने तर चार्टर्ड उडान भने गर्न पाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार चार्टर्डका लागि जेनरल सेल्स एजेन्ट ’जिएसए’ तोक्नुपर्दैन् ।

यो एयरलाइन्स इरानको पहीलो निजी वायुसेवा कम्पनी हो । सन् १९९२देखि  व्यवसायिक उडान सुरु गरेको यो वायुसेवा कम्पनीले आन्तरिक उडानसँगै अन्तराष्ट्रियतर्फ मध्य पुर्व, मध्य एसिया र युरोपका विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ । कम्पनीका अनुसार इरानको तेह्रान इमाम खोमेइनी अन्तराष्ट्रिय विमानस्थल र मेह्राबाद अन्तराष्ट्रिय विमानस्थल बेस राखि एयरबस ३१०, ३३०, ३४०, बोइङ ७४७ लगायतका विमानले विभिन्न मुलुकमा  व्यवसायीक र चार्टर उडान गर्दै आएको छ ।

दुई दिन अघिमात्र यो कम्पनीलाई अमेरिका उडानमा रोक लगाइएको छ । यो कम्पनी सिरियासँग आवद्ध भएको जनाउँदै अमेरिकाले उडानमा रोक लगाएको थियो । तीन दिन अघि मात्रै जर्मनीले समेत यो जहाजलाई आफ्नो भूमीमा उडान गर्न रोक लगाएको छ । यो कम्पनीले तेह्रान विमानस्थल देखि जर्मनीको डुजेलडोर्फ र म्यूनिक विमानस्थलमा उडान गर्दै आएको थियो ।अलजजिराका अनुसार विगतमा इरानको पक्षपोषण गर्दै आतंककारी गतिविधिलाई सहयोग गरेको उल्लेख छ । यो वाहेक हातहतियार लडाकु ओसारपसारमा समेत यही जहाज प्रयोग भएको जिकिर अमेरिकाको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।