logo

लुम्बिनीमा वल्र्ड बुद्धिस्ट एक्जिविसन पार्क निर्माण हुने

    1256   पटक पढिएको

२० जेठ / अर्थ र व्यापार - लुम्बिनीमा वल्र्ड वुद्धिस्ट एक्जिविसन पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको ३८औं वैठकले सिल्क इन्टरनेशनल होल्डिङ कम्पनीलाई एक्जिविसन पार्क अध्ययन गर्न अनुमति दिएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीको संयोजकत्वमा भएको बैठकले यो निर्णय गरेको हो। बैठकले फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीलाई वीरगंज र भैरहवामा ६ अर्ब ५१ करोड लागतमा प्राइभेट फ्रेट टर्मिनल एण्ड बल्क ह्यान्डलिङ फेसिलिटीज निर्माणको सम्भाब्यता अध्ययनको अनुमति दिएको छ ।

बैठकले फिलिपिन्सको एमरएस ग्रिनजरी सोलुसनलाई सातै वटा प्रदेशमा ४८ अर्ब २४ करोड लागतमा ५ सय ५० मेगावाट सौर्य उर्जा परियोजनाको सम्भाब्यता अध्ययनको अनुमति दिएको छ । बैठकले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५को प्रभावकारी कार्यान्वयनको लागि मस्यौंदा गरिएको सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली २०७६को मस्यौंदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय समेत गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।