logo

बेपत्ता भएका व्यापारी दुगड कालोसूचीमा रहने

    1535   पटक पढिएको

९ असार / अर्थ र व्यापार  - बैंक, सहकारी, व्यापारिक कम्पनी र विभिन्न व्यक्तिको समेत गरी १० करोड रुपैयाँ कर्जा उठाएर बेपत्ता भएका विराटनगरका व्यापारी विनोद दुगडलाई कालो सूचीमा राख्ने तयारी भइरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले व्यापारी दुगडलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । विराटनगरको मेनरोडमा विगत २५ वर्षदेखि कृष्णा स्टोर्स नामको विदेशी सामानको पसल चलाइरहेका दुगड गत असार ३ गते शनिबारदेखि सपरिवार बेपत्ता भएका थिए ।
 उनको पसलमा असार ५ गतेनै सिलबन्दी गरिसकेको थियो । कालोसूचीमा कर्जा सूचना केन्द्रले राख्नेछ । कालो सूचीमा राखेपछि घरजग्गा लिलामी प्रक्रिया सुरु गरिने छ । एक वर्र्ष्भित्र उनको घरजग्गा लिलामी गरेर बैंकले सावाँब्याज असुल गर्ने छ ।
  दुगडले विराटनगरको १ कट्ठा जग्गामा बनेको ३ तले घर र मोरङको सुन्दरहरैँचा नगरपालिकाको १० कट्ठा जमिन धितो राखेको छ । धितो प्रशस्त भएकाले बैंकलाई नोक्सानी नहुने छ । बैंकबाट उनले ४ करोड १५ लाख रुपैयाँ ऋण लिएका छन् । दुगडले विगत ६ महिनादेखि सावाँब्याज तिरेका छैनन् ।
 करिब २२ सय वर्ग्फिटमा ८ वटा सटर रहेको उनको पसल विदेशी सामानका लागि चर्चित थियो । पसलमा तयारी कपडा, बालबच्चाका कपडा र खेलौना, कार्पेट, गलैँचा, कम्बल, कपप्लेट, सजावटका सामग्री, थर्मसलगायत विविध प्रकारका विदेशी सामान राखिएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।