२५ पुस/ अर्थ र व्यापार - लोक सेवा आयोगले ७ वटा प्रदेश स्तरीय कार्यालयबाट १९३ जना नायव सुब्वाको लागि दरखास्त आह्वान गरेको छ । आयोगले काठमाडौंबाट सबैभन्दा धेरै ९९ जनाको लागि माग गरेको छ भने सबैभन्दा कम सुर्खेत कार्यलयबाट ७ जनाको लागि दरखास्त आह्वान गरेको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेकाले नासुको लागि आवेदन दिन पाउने लोक सेवा आयोगले जनाएको छ । योग्यता पुगेका आवदेकले माघ १५ गतेसम्म आवदेन दिन पाउने छन् । त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म पाइनेछ ।
आवेदन दिनको लागि लोकसेवा आयोगको अनलाइन प्रणाली मार्फत दिनु पर्नेछ । अनलाइन आवेदन दिएपछि राष्ट्रिय बाणिज्य बैंक वा ग्लोबल आइएमई बैंकको शाखा कार्यलयबाट तोकिएको दस्तुर बुझाउनु पर्नेछ ।
आयोगले पहिलो चरणमा प्रारम्भिक परिक्षा लिनेछ । प्रारम्भिक परिक्षा उत्तीर्ण गरेकाहरुले द्धितिय चरणको परिक्षामा भाग लिन पाउने जनाएको छ । जुन प्रदेश स्तरीय लोकसेवा कार्यलयबाट आवदेन दिइएको छ । त्यहि अन्तर्गतको कार्यलयले तोकिएको स्थानबाट परिक्षा दिनु पर्ने हुन्छ । परिक्षा दस्तुर ४०० रुपैयाँ तिर्नु पर्नेछ यदि समावेशी तर्फको लागि आवदेन दिएमा थप २०० रुपैयाँको दरले भुक्तानी गर्नु पर्ने आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया