logo

समायोजनमा जान चाहने कर्मचारीलाई तीन साताको समय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्ने तयारी

    1389   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - सरकारले कर्मचारी समायोजन प्रक्रिया सुरु गर्न सार्वजनिक सूचना आह्वानको तयारी गरेको छ । समायोजनमा जान चाहने कर्मचारीलाई तीन साताको समय दिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्ने तयारी गरेको हो ।  सम्भवतः बुधवार नै सूचना प्रकाशित हुनेछ ।

कर्मचारी समायोजन अध्यादेश अनुसार सरकारले सूचना प्रकाशित गर्न लागेको हो । सूचना प्रकाशन भएपछि कर्मचारीले इच्छ्याएको ठाउँमा जानका लागि निवेदन पेस गर्न सक्नेछन् । सरकारले सङ्घ प्रदेश र स्थानीय तहमा गरी एक लाख ३८ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ । जसमध्ये हालको समायोजन प्रक्रिया टुंगो लागेपछि अन्यको पदपूर्ति प्रक्रिया सुरु हुनेछ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले समायोजन प्रक्रिया बुधबारदेखि नै सुरु गरिने बताए । पनेरुले दरबन्दी स्वीकृत लगायतका प्राविधिक काम सकिएकाले समायोजनको सूचना आह्वान हुने बताए ।

यसअघि मन्त्रालयले पुस ८ गतेसम्म निजामती कितावखानाको अद्यावधिक रेकर्ड अनुसार सबै कर्मचारीको ज्येष्ठता विवरण प्रकाशित गरिसकेको छ । मन्त्रालयले सामान्य प्रशासन, लेखा, राजस्व सबै समूहका कर्मचारीको विवरण प्रकाश गरेको हो । उक्त विवरण अनुसार कागजात पेस गर्न मन्त्रालयले कर्मचारीलाई निर्देशन दिइसकेको छ ।  यसैबीच कर्मचारी समायोजन अध्यादेश पनि आजै सङ्घीय संसद्का दुवै सदनमा पेस हुनेछ । संसद् अधिवेशन नभएको अवस्थामा जारी भएको अध्यादेश अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्थापन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।