१३ असोज/अर्थ र व्यापार– सरकारले ग्र्रामीण उद्यम तथा आर्थिक विकास आयोजना र विमानस्थल विस्तारको लागि एसियाली विकास बैंक(एडीबी) र विश्व बैंकबाट २७ अर्बसहुलियत ऋण लिने भएको छ ।
गत असोज ८ गते मन्त्रिपरिषद्ले सहुलियत ऋण लिनको लागी अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा वार्ता टोली गठनको निर्णय गरेको हो ।
कुल २७ अर्ब सुहुलियत ऋणमध्ये ग्रामिण उद्यम तथा आर्थिक विकासका आयोजनाका लागि विश्व बैंकबाट ८० मिलियन अमेरिकी डलर (९ अर्ब ३८ करोड रुपैयाँ) ऋण लिने सरकारी योजना छ ।
यसैगरी एडीबीबाट साउथ एसिया सब रिजनल इकोनोमी कर्पोरेसनबाट लिईने १ सय ५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) सुहुलियत ऋण एयरपोर्ट क्यापासिटी इन्हान्स्मेन्ट कार्यक्रमको लागि लिने सरकारको योजना छ ।
ब्याजदर र किस्ताको बिषयमा बैंकका प्रतिनिधिहरुसँग छलफल भएपछि ऋण सम्झौतामा हस्ताक्षर हुनेछ ।
तपाईको प्रतिक्रिया