logo

सूचना प्रविधिको माध्यमबाट वित्त खर्च प्रणालीलाई  प्रभावकारी बनाउन सार्वजनिक खर्च पुनरावलोकन आयोगद्वारा सुझाव तयार

    1444   पटक पढिएको

२० माघ /अर्थ र व्यापार - सार्वजनिक खर्च पुनरावलोकन आयोगले संघीयतामा सार्वजनिक खर्च प्रणालीलाई बलियो बनाउने सुझाव दिएको छ । आन्तरिक लेखापरीक्षण, आन्तरिक नियन्त्रण र सूचना प्रविधिको माध्यमबाट वित्त खर्च प्रणालीलाई  प्रभावकारी बनाउन सुझाव तयार गरिएको हो । 
सरकारले भदौमा गठन गरेको आयोगले सरकारसमक्ष प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको छ । सार्वजनिक खर्चलाई प्रभावकारी बनाउन र वित्तीय उत्तरदायित्व कायम गर्न बलियो रिपोर्टिङ प्रणाली विकास गर्नुपर्ने सुझाव समितिले तयार गरेको छ ।

वित्तीय संघीयताको कार्यान्वयनसँगै तीनै तहबाट पैसा खर्च भइरहने तर त्यसको उत्तरदायित्व र जवाफदेहिताको पाटो भने कमजोर रहने अवस्था देखिएकाले त्यसैमाथि नियन्त्रणको सुझाव आयोगले तयार गरेको हो । आयोगका एक सदस्यका अनुसार तल्ला दुई तहमा धेरै बजेट गए पनि त्यो राष्ट्रिय खर्च प्रणालीसँग आवद्ध नहुँदा वित्तीय जोखिमको अवस्था सिर्जना हुन सक्ने भएकाले त्यसैमाथि नियन्त्रणका लागि सुझाव दिइएको हो ।

सरकारले सार्वजनिक खर्चको अवस्था, त्यसको उपयोगिता र त्यससँग सम्बन्धित नीतिगत व्यवस्थामा पुनरावलोकनका लागि सरकारले सुझाव दिन आयोग गठन गरेको हो । नेपाल सरकारको साधारण र पुँजीगत खर्चलाई व्यवस्थित र नियमित तथा आयोजना छनौटदेखि कार्यान्वयन तहसम्मको सुझाव दिन सरकारले आयोग बनाएको थियो । आयोगले संघीय सरकारमार्फत कार्यान्वयन हुने विकास आयोजना तथा संघीय, प्रदेश तथा स्थानीय तहले गर्नुपर्ने खर्चका क्षेत्रबारे पनि सरकारलाई सुझाव तय गर्नेछ । सरकारको खर्च प्रणाली कमजोर भइरहेको र भएको खर्च पनि प्रभावकारी नभएको भन्दै आलोचना भइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।