logo

संविधानसँग बाझिएका कानुनहरु परिमार्जनको काम तीव्र, ४५ वटा विधेयकको मस्यौदा तयार

    1408   पटक पढिएको

८ पुस /अर्थ र व्यापार - संविधानसँग बाझिएका कानुनहरु परिमार्जनको कामले तीव्रता लिएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका अनुसार हालसम्म ४५ वटा विधेयकको मस्यौदा तयार भएका छन् । तयार भएका विधेयकमध्ये १८ वटा कानून मन्त्रालयबाट स्वीकृती प्राप्त गरी विषयगत मन्त्रालयमा पुगेको स्रोतले बतायो । यस्तै १३ वटा विधेयक कानुन मन्त्रालयमा छन् भने १२ वटा संसदीय समितिहरुमा छलफलका क्रममा छन् ।

कानुन मन्त्रालयले विद्यमान ३३९ वटा कानुनमध्ये १६५ वटा संविधानअनुसार पूर्ण रहेको र बाँकी १७४ वटा संशोधन गर्नुपर्ने निक्र्योल गरेको थियो । १७४ मध्ये १३९ वटा कानून परिमार्जन गरे पुग्ने र ३५ वटा कानुन नयाँ बनाउनुपर्ने अवस्था छ । यसअनुरुप विभिन्न मन्त्रालयले बनाउनुपर्ने विधेयकको सूची तयार गरी कानुन मन्त्रालयले गत कात्तिक १८ गते विषयगत मन्त्रालयलाई पठाएको थियो । त्यसअघि कानुन मन्त्रालयले विषयगत मन्त्रालयलाई ९ पटकसम्म ताकेता गर्दै पत्राचार गरेको थियो ।

विधेयक तयार गर्ने सन्दर्भमा हालसम्म ५० प्रतिशत उपलब्धी हासिल भएको कानुन मन्त्रालयले जनाएको छ ।  कानून सचिव राजीव गौतमले मन्त्रालयमा आएका विधेयक अध्ययन गर्दै स्वीकृत गरी पठाउने काम भइरहेको जानकारी दिए । आवश्यक विधेयकहरु समयमै संसदबाट पारित हुने उनको विश्वास छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयलाई मंसिर मसान्तसम्म कानुन परिमार्जनका लागि आवश्यक विधेयक ल्याइसक्न निर्देश गरेका थिए । गत मंसिर १६ गते सबै मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर उनले गरेको निर्देशन भने अझै केही मन्त्रालयले पालना गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।