logo

संविधानसँग बाझिएका कानुनहरु परिमार्जनको काम तीव्र, ४५ वटा विधेयकको मस्यौदा तयार

    1230   पटक पढिएको

८ पुस /अर्थ र व्यापार - संविधानसँग बाझिएका कानुनहरु परिमार्जनको कामले तीव्रता लिएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका अनुसार हालसम्म ४५ वटा विधेयकको मस्यौदा तयार भएका छन् । तयार भएका विधेयकमध्ये १८ वटा कानून मन्त्रालयबाट स्वीकृती प्राप्त गरी विषयगत मन्त्रालयमा पुगेको स्रोतले बतायो । यस्तै १३ वटा विधेयक कानुन मन्त्रालयमा छन् भने १२ वटा संसदीय समितिहरुमा छलफलका क्रममा छन् ।

कानुन मन्त्रालयले विद्यमान ३३९ वटा कानुनमध्ये १६५ वटा संविधानअनुसार पूर्ण रहेको र बाँकी १७४ वटा संशोधन गर्नुपर्ने निक्र्योल गरेको थियो । १७४ मध्ये १३९ वटा कानून परिमार्जन गरे पुग्ने र ३५ वटा कानुन नयाँ बनाउनुपर्ने अवस्था छ । यसअनुरुप विभिन्न मन्त्रालयले बनाउनुपर्ने विधेयकको सूची तयार गरी कानुन मन्त्रालयले गत कात्तिक १८ गते विषयगत मन्त्रालयलाई पठाएको थियो । त्यसअघि कानुन मन्त्रालयले विषयगत मन्त्रालयलाई ९ पटकसम्म ताकेता गर्दै पत्राचार गरेको थियो ।

विधेयक तयार गर्ने सन्दर्भमा हालसम्म ५० प्रतिशत उपलब्धी हासिल भएको कानुन मन्त्रालयले जनाएको छ ।  कानून सचिव राजीव गौतमले मन्त्रालयमा आएका विधेयक अध्ययन गर्दै स्वीकृत गरी पठाउने काम भइरहेको जानकारी दिए । आवश्यक विधेयकहरु समयमै संसदबाट पारित हुने उनको विश्वास छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयलाई मंसिर मसान्तसम्म कानुन परिमार्जनका लागि आवश्यक विधेयक ल्याइसक्न निर्देश गरेका थिए । गत मंसिर १६ गते सबै मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर उनले गरेको निर्देशन भने अझै केही मन्त्रालयले पालना गरेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।