logo

मोहियानी हक लागेको जग्गा छुट्ट्याउन निवेदन दिने समय अन्तिम पटक १ महिना थप

    1943   पटक पढिएको

१८ पुस/ अर्थ र व्यापार - मोहियानी हक लागेको जग्गा छुट्ट्याउन निवेदन दिने समय अन्तिम पटक १ महिना थप भएको छ । गत भदौ ४ गते सम्म मोहियानी हक छुट्ट्याउने अन्तिम समय सीमा तोकिएपनि पर्याप्त आवेदन नपरेपछि एक महिना समय थप गरिएको भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।

जग्गाको दोहोरो स्वामित्व छुट्ट्याएर आआफ्नो नाममा लालपूर्जा लिनका लागि पुस १६ गतेदेखि माघ १५ गतेसम्म निवेदन दिन मिल्ने मन्त्रालयले जनाएको छ । जग्गाधनी र मोही दुवैजना अथवा जग्गाधनी र मोही मध्ये कुनै एक जना मात्रै भएपनि आफ्नो जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयमा गई निवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

भदौ ४ गते सम्म समय तोक्दा वैदेशिक रोजगारीमा रहेका कतिपय मोही कमाउनेहरु काम छोडेर नेपाल आएका थिए । कतिपय मोहीहरु भने आउन भ्याएका थिएनन् । विविध कारणले निवेदन दिन छुटेकाहरुको लागि सरकारले एक महिनाको अन्तिम म्याद थप गरेको मन्त्रालयले जनाएको छ ।

यसअघि निवेदन दिएका निवेदकहरुको जग्गा बाँडफाँट आगामी भदौ ४ गते भित्र भइसक्ने मन्त्रालयले जनाएको छ । यो अवधिमा समेत निवेदन नदिए मन्त्रालयले कानुन अनुसार जग्गाको दोहोरो स्वामित्व सधैका लागि अन्त्य गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।