logo

सडकमा १ हजार स्मार्ट लाईट राख्न लागेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनद्वारा जानकारी

    1703   पटक पढिएको

२४ पुस/ अर्थ र व्यापार - ललितपुर महानगरको मुख्य सडकमा स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) राखिने भएको छ । महानगर क्षेत्र भित्रको मुख्य सडकमा १ हजार स्मार्ट लाईट राख्न लागेको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनले स्मार्ट लाईटका लागि ग्लोवल टेण्डर निकाल्ने तयारी भइरहेको बताए । महर्जनका अनुसार, नेपालमै पहिलो पटक ललितपुर महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती राख्न लागेको हो । 

स्मार्ट सडक बत्ती कसैले बाल्नु पर्दैन, अटोमेटिक बल्छ अनि निभ्छ पनि । दिउँसो निभ्छ रात परेपछि बल्छ । मानिसहरुको गतिविधी बढ्यो भने सबै बत्तीहरु बल्छ भने कम भयो भने बत्तीहरुको  पावर घट्छ थाल्छ । यदि मनिसहरुको गतिविधि भएन र सडक चकमन्न भयो भने पाँच वटामध्ये एउटा मात्रै वैकल्पिक बत्ति बल्छ । लाइटमा सिसिटीभी क्यामेरा पनिसँगै जडान गरिएको हुन्छ । सिसिटिभी क्यामेराले सवारीसाधनको इम्वोस्ड नम्वर रिड गरेर सम्वन्धित ठाउँमा पठाउँछ ।

सडक बत्ती राख्नका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेर उनकै सल्लाह अनुसार स्मार्ट लाइट राख्न लागिएको महर्जनले बताए । प्राधिकरणले ललितपुरका मुख्य सडकमा स्मार्ट लाईट राख्नका लागि डिजाइन समेत दिईसकेको छ । ललितपुर महानगरपालिकामा अहिले इलेक्ट्रिकल इन्जिनियर नभएकाले विद्युत प्राधिकरणको सहयोगमा डिजाइन तयार पारिएको हो । इलेक्ट्रिकल इन्जिनियर राख्नका लागि प्रक्रिया सुरु गरेको महर्जनले बताए। 

स्मार्ट सडक बत्ती राख्नका लागि अन्तराष्ट्रिय रुपमा नाम कमाएमा कम्पनीहरु आओस भन्ने चाहेको महर्जनले जानकारी दिए । यसका लागि केहि नाम कमाएका कम्पनीहरुसँग छलफल समेत भइरहेको ललितपुर महानगरपालिकाले जनाएको छ । बत्ती जडानको जिम्मा पाउने कम्पनीले इन्स्टल गरेको दुई बर्षसम्म मर्मत सम्भारको जिम्मेवारी लिनुपर्नेछ । डिफेक्ट लायविलिटी पिरियड दुर्ई बर्षको राखिएको छ । 
ललितपुर महानगरपालिकाले सडकमा सोलार बत्ती जडान नगर्ने भएका सोलार लाईट फेलियर प्रोजेक्ट हो, जुनकिरी बलेजस्तो पनि सडक बत्ती हुन्छ र? उनले भने। नयाँ जोडिने स्मार्ट सडक बत्ती बालेबापत नेपाल विद्युत प्राधिकरणलाई ललितपुर महानगरपालिकाले उठ्ने बिल तिर्ने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।