logo

६ दिनदेखि उडान अवरुद्ध भएपछि लुक्लामा सयौं पर्यटक अलपत्र

    1599   पटक पढिएको

८ असार / अर्थ र व्यापार - तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला, सोलुखुम्बुमा बिगत ६ दिनदेखि कुनै हवाइ उडान नहुँदा बाहृय पर्यटक सहित स्थाानीय मारमा परेका छन् । सगरमाथा प्रवेशद्वारको एकमात्र विमानस्थलमा प्रतिकुल मौसमका कारण उडान नहुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । बाक्लो हुस्सु तथा वर्षातका कारण पछिल्लो ४ दिनमा तारा एयरको मात्र १६ वटाभन्दा बढी उडान रद्ध भएका थिए । उडान अवरुद्ध हुँदा सयौं पर्यटक अलपत्र परेको छ ।

तारा बाहेक अन्य एयरलायन्सले पर्यटकीय सिजन सम्पन्न भएपछि उडान बन्द गरेका छन् । आरोहणको सिजन सम्पन्न भएसँगै अन्य एयरलायन्सले पश्चिमतर्फ आफ्नो उडान केन्द्रित गरेपछि यात्रु मारमा परेका छन् । अन्य एयरलायन्सले पर्यटकीय सिजन बाहेक अन्य सिजनमा एउटै उडान नभर्दा स्थानीयले आक्रोश पोखेका छन् । असार २ गतेबाट तारा एयरले समेत मौसमका कारण उडान भर्न नसकेपछि अहिले बिदेशी तथा स्वदेशी यात्रुहरु पैदल यात्रा मार्फत सदरमुकाम सल्लेरी तर्फ अघि बढेका छन् ।

२ दिन लामो समय लाग्ने सल्लेरीसम्मको यात्रा समेत त्यत्ति सहज छैन् । वर्षातको मौसम त्यसमाथि खुम्बु क्षेत्रका लागि आवश्यक खाद्यान्न ढुवानीको एकमात्र विकल्प खच्चडले बाटो बिगार्दा हिँड्न मुुस्किल रहेको छ । प्रतिकुल मौसमका कारण अहिले हेलिकोप्टरले समेत लुक्लामा बिमानस्थलमा उडान भर्न सकेको छैन । फाट्टफुट्ट रुपमा कुनै समय हेलिकोप्टरले बिमानस्थलबाट करिब एक घण्टाको दुरी तल रहेको सुर्केबाट यात्रुको उद्धार गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।