logo

६ दिनदेखि उडान अवरुद्ध भएपछि लुक्लामा सयौं पर्यटक अलपत्र

    1874   पटक पढिएको

८ असार / अर्थ र व्यापार - तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला, सोलुखुम्बुमा बिगत ६ दिनदेखि कुनै हवाइ उडान नहुँदा बाहृय पर्यटक सहित स्थाानीय मारमा परेका छन् । सगरमाथा प्रवेशद्वारको एकमात्र विमानस्थलमा प्रतिकुल मौसमका कारण उडान नहुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । बाक्लो हुस्सु तथा वर्षातका कारण पछिल्लो ४ दिनमा तारा एयरको मात्र १६ वटाभन्दा बढी उडान रद्ध भएका थिए । उडान अवरुद्ध हुँदा सयौं पर्यटक अलपत्र परेको छ ।

तारा बाहेक अन्य एयरलायन्सले पर्यटकीय सिजन सम्पन्न भएपछि उडान बन्द गरेका छन् । आरोहणको सिजन सम्पन्न भएसँगै अन्य एयरलायन्सले पश्चिमतर्फ आफ्नो उडान केन्द्रित गरेपछि यात्रु मारमा परेका छन् । अन्य एयरलायन्सले पर्यटकीय सिजन बाहेक अन्य सिजनमा एउटै उडान नभर्दा स्थानीयले आक्रोश पोखेका छन् । असार २ गतेबाट तारा एयरले समेत मौसमका कारण उडान भर्न नसकेपछि अहिले बिदेशी तथा स्वदेशी यात्रुहरु पैदल यात्रा मार्फत सदरमुकाम सल्लेरी तर्फ अघि बढेका छन् ।

२ दिन लामो समय लाग्ने सल्लेरीसम्मको यात्रा समेत त्यत्ति सहज छैन् । वर्षातको मौसम त्यसमाथि खुम्बु क्षेत्रका लागि आवश्यक खाद्यान्न ढुवानीको एकमात्र विकल्प खच्चडले बाटो बिगार्दा हिँड्न मुुस्किल रहेको छ । प्रतिकुल मौसमका कारण अहिले हेलिकोप्टरले समेत लुक्लामा बिमानस्थलमा उडान भर्न सकेको छैन । फाट्टफुट्ट रुपमा कुनै समय हेलिकोप्टरले बिमानस्थलबाट करिब एक घण्टाको दुरी तल रहेको सुर्केबाट यात्रुको उद्धार गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।