logo

बिर्तामोड उद्योग वाणिज्य संघमा कुमार भट्टराई निर्वाचित

    1468   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार – बिर्तामोड उद्योग वाणिज्य संघ, झापाको अध्यक्षमा कुमार भट्टराई निर्वाचित भएका छन् । ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) का केन्द्रीय  उपाध्यक्ष समेत रहेका उनी यहाँको रेडियो सनराइजका अध्यक्ष हुन् । भट्टराई १ हजार १ सय ३१ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी हनुमान मित्तलले ७ सय ९६ मत ल्याए । मित्तललाई पछ्याएका हरि प्रसाईले १ सय १८ मत ल्याए । 

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी १ हजार ३ सय ६२ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्दी गंगाप्रसाद मैनालीले ६ सय ५४ मत ल्याए । उद्योग उपाध्यक्षमा १ हजार सय ३६ मत ल्याउँदै राजु न्यौपाने निर्वाचित भए । उनका निकटम प्रतिद्वन्दी कुलप्रसाद खरेलले ७ सय ७८ मत ल्याए । वाणिज्य उपाध्यक्षमा १ हजार ४५ मत ल्याउँदै नारायणप्रसाद चिमरिया विजयी भए । उनका निकटम प्रतिद्वन्दी सार्दुलहाङ ओलीले ९ सय ३६ मत ल्याए ।

जनसम्पर्क उपाध्यक्षमा महिलातर्फ पार्वता खरेल विमली १ हजार २ सय ६७ मत ल्याउँदै विजयी भइन् । उनकी निकटम प्रतिद्वन्दी दुर्गा खतिवडाले ७ सय २० मत ल्याइन् । संघको महासचिवमा भेषराज भण्डारी (प्रशान्त) विजयी भए । उनले १ हजार १ सय ३० मत ल्याउँदा निकटम प्रतिद्वन्दी सुवास भट्टराईले ८ सय ७५ मत प्राप्त गरे । उद्योग सचिवमा १ हजार १ सय ६४ मत ल्याउँदै रविन्ऽ भट्टराई विजयी भए । उनका निकटम प्रतिद्वन्दी राजन थापाले ८ सय २३ मत ल्याए ।

`वाणिज्य सचिवमा १ हजार १६ मतका साथ प्रकाश घिमिरे विजयी भए । उनका प्रतिद्वन्दी घनश्याम मुन्नाले ९ सय ७१ मत पाए । धकोषाध्यक्षमा १ हजार ९७ मत ल्याउँदै मनोज अग्रवाल विजयी भए । उनका प्रतिद्वन्दी पवन खेडिया अग्रवालले ८ सय ५८ मत प्राप्त गरे । त्यस्तै, संघको कार्यसमिति सदस्यमा खुला प्रतिस्पर्धाबाट खगेन्ऽप्रसाद खरटेल, कुशल खतिवडा, राजकुमार घिमिरे राजु, गौरीशंकर गुप्ता टिन्कु, सञ्जिव घिमिरे, राजकुमार साह, राजु सापकोटा विजयी भएका छन् ।

त्यस्तै, महिला सदस्यमा उर्मिला विमली खरेल र राधिका चुडाल हुमागाईं निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।