logo

सार्वजनिक सवारी खोल्ने विषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल हुँदै

    1348   पटक पढिएको

१४ असार/अर्थ र व्यापार– मंगलबारदेखि सार्वजनिक सवारी खोल्ने विषयमा काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच आज छलफल हुने भएको छ ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्ब्याउने विषयमा सहमत भएपनि सार्वजनिक सवारी साधन खोल्ने विषयमा भने ठोस निर्णयमा पुग्न सकेको छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबारदेखि सार्वजनिक सवारी खोल्ने वा नखोल्ने भन्ने कुनै ठोस सहमती भईनसकेको बताए । प्रजिअ पराजुलीले आज फेरि छलफल गरेर दिउँसो निर्णय लिने जानकारी दिए ।

प्रजिअ पराजेलीका अनुसार यसपटक पनि थपिएको निषेधाज्ञा केही खुकुलो बनाइने तयारी गरिएको छ । सार्वजनिक सवारी साधनलाई पनि वैज्ञानिक ढंगबाट संचालन गर्ने, सवारीको सिट क्षमता र जोर बिजोर नम्बरको आधारमा चल्न दिने, मानिसको भिडभाड हुने क्षेत्रहरु सपिङ मल, विद्यालय, पार्टी, सेमिनार भने अझैं केही साता खुल्न नदिने भएको छ । भने यसअघि समय र बार निर्धारण गरेर खोल्न दिएका पसलहरुको समय पनि केही थप गरिने भएको छ ।

कोरोना महामारीको दर बढ्दै गएपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको छ । थप गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।