logo

काठमाडौं–तराई ‘एक्सप्रेस वे’ आयोजनाको काम बर्षायाममा पनि रोकिदैंनः नेपाली सेना

    1784   पटक पढिएको

 १३ आषाढ/अर्थ र व्यापार – नेपाली सेनाले काठमाडौं–तराई ‘एक्सप्रेस वे’ आयोजनाको कामलाई बर्षायाममा पनि निरन्तरता दिने बताएको छ। आयोजनाको काम निर्धारित चार वर्ष्भित्रै पुरा गर्नुपर्ने भएकाले कामलाई निरन्तरता दिइने सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले जानकारी दिए। 

सेनाले अहिले विभिन्न १० स्थानमा शिविर बनाएर आयोजनाको काम अगाडि बढाइरहेको छ। मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा स्थायी र अन्य पाँच ठाउमा अस्थायी शिविर खडा गरेर काम गरिरहेको छ। 

सडकको रेखांकन गरिरहेको ठाउँमा माटो कटान गर्ने, बाहिरबाट ल्याएर पुर्ने तथा सम्याउने, परीक्षण गर्ने जस्ता कामहरु भैरहेको नेपाली सेनाले जनाएको छ। झण्डै १२ किलोमिटर खण्डमा पर्ने रुख कटान गरेर त्यसको व्यवस्थापन गरिसकेको भण्डारीले बताए । 
नेपाली सेनाले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) विना नै काम गरिरहेको छ। एसियाली विकास बैंक(एडिबी)ले तयार पारेको संभाव्यता अध्ययन प्रतिवेदनका आधारमा काम गरिरहेको सेनाले जनाएको छ।

यसअघि नेपाली सेनाले भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआर अधुरो र महँगो भन्दै नकिन्ने निर्णय गरिसकेको छ। त्यसपछि आफैँले डिपिआर बनाउने भन्दै सेनाले ग्लोवल टेण्डर आव्हान गरेको थियो।
सेनाले आव्हान गरेको टेण्डरमा १७ वटा कम्पनीले आवेदन दिएका थिए। तिनीहरुको मूल्याङ्कन गरेर ६ वटा कम्पनीलाई छनौट सूचीमा राखिएको छ। स्विजरल्याण्ड, चीनको दुईवटा, भारत र जापानका कम्पनीहरु छनौट भएका छन्। 

एक्सप्रेस वेमा ९९ वटा पुलहरु बन्नेछन्। जसमध्ये मकवानपुरको ठिगनमा बन्ने टनेलभन्दा पारीका ६२ वटा पुलका लागिसमेत सेनाले टेण्डर आव्हान गरिसकेको छ। सो टेण्डरमा १५ वटाँ कम्पनीले आवेदन दिएका छन्। उक्त कम्पनीहरुको प्रि क्वालिफिकेसन स्टडी भैरहेको सेनाले जनाएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।