logo

२२ किलोमिटर सडक विस्तार गर्दैः काठमाडौं महानगर

    2296   पटक पढिएको

८ असार / अर्थ र व्यापार - चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले २२ किलोमिटर सडक विस्तारको प्रक्रिया अगाडि बढाएको छ । नियमित कार्यक्रम अन्तर्गत महानगरले यो वर्ष २२ किलोमिटर सडक विस्तारको लागि ७५ करोड रुपैयाँका विभिन्न आयोजनाहरु संचालन गर्ने छ । महानगरको क्षेत्राधिकारभित्र पर्ने सडक, शाखा सडकहरु साँघुरा भएकोले विस्तारको कार्यक्रम महानगरले अगाडि बढाएको हो । सडकको अवस्था र आवस्यकता अनुसार सडकको चौडाई निर्धारण गरिएको छ ।

पुराना गल्ली, साँघुरा सडकको कारण आवत जावत नै प्रभावित हुँदा जनजीवन अस्तव्यस्त बन्दै गएको छ । उपत्यकाभित्र सडक विभाग र महानगरले सडक विस्तारको कार्यक्रम अगाडि बढाइरहेका छन् । महानगरले चालु वर्ष केही आयोजनाहरु अगाडि बढाइरहेको र केही ठेक्का सम्झौता भएको बताउँदै केही सम्झौताको क्रममा रहेकोे छ ।

विस्तार हुने आयोजनामा स्थानीयहरुको पनि साथ र सहयोग भएकोले ठेक्का सम्झौता हुने वित्तिकै काम द्रुत गतिमा अगाडि बढ्ने छ ।  सुन्दर र व्यवस्थित महानगरको लागि सकेसम्म फराकिला सडक बनाउने महानगरको उद्देश्य रहेको र त्यही अनुसार योजना अगाडि बढाएको छ ।

महानगरले सडक विस्तारमात्र होइन विभिन्न ठाउँमा सडक भत्किए, विग्रिएको खण्डमा मर्मत गर्न विशेष टोली नै बनाएर खटाएको छ । जहाँ सडक विग्रेको वा अबरोध भएको जानकारी आउँछ उक्त टोली त्यहाँ पुग्न तयार रहने र त्यसलाई व्यवसायिक बनाउनको लागि गृहकार्य पनि भइरहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।