logo

२२ किलोमिटर सडक विस्तार गर्दैः काठमाडौं महानगर

    1942   पटक पढिएको

८ असार / अर्थ र व्यापार - चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले २२ किलोमिटर सडक विस्तारको प्रक्रिया अगाडि बढाएको छ । नियमित कार्यक्रम अन्तर्गत महानगरले यो वर्ष २२ किलोमिटर सडक विस्तारको लागि ७५ करोड रुपैयाँका विभिन्न आयोजनाहरु संचालन गर्ने छ । महानगरको क्षेत्राधिकारभित्र पर्ने सडक, शाखा सडकहरु साँघुरा भएकोले विस्तारको कार्यक्रम महानगरले अगाडि बढाएको हो । सडकको अवस्था र आवस्यकता अनुसार सडकको चौडाई निर्धारण गरिएको छ ।

पुराना गल्ली, साँघुरा सडकको कारण आवत जावत नै प्रभावित हुँदा जनजीवन अस्तव्यस्त बन्दै गएको छ । उपत्यकाभित्र सडक विभाग र महानगरले सडक विस्तारको कार्यक्रम अगाडि बढाइरहेका छन् । महानगरले चालु वर्ष केही आयोजनाहरु अगाडि बढाइरहेको र केही ठेक्का सम्झौता भएको बताउँदै केही सम्झौताको क्रममा रहेकोे छ ।

विस्तार हुने आयोजनामा स्थानीयहरुको पनि साथ र सहयोग भएकोले ठेक्का सम्झौता हुने वित्तिकै काम द्रुत गतिमा अगाडि बढ्ने छ ।  सुन्दर र व्यवस्थित महानगरको लागि सकेसम्म फराकिला सडक बनाउने महानगरको उद्देश्य रहेको र त्यही अनुसार योजना अगाडि बढाएको छ ।

महानगरले सडक विस्तारमात्र होइन विभिन्न ठाउँमा सडक भत्किए, विग्रिएको खण्डमा मर्मत गर्न विशेष टोली नै बनाएर खटाएको छ । जहाँ सडक विग्रेको वा अबरोध भएको जानकारी आउँछ उक्त टोली त्यहाँ पुग्न तयार रहने र त्यसलाई व्यवसायिक बनाउनको लागि गृहकार्य पनि भइरहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।