logo

अशक्त, असहायको निःशुल्क पीसीआर परीक्षण गर्दै काठमाडौं महानगर

    1386   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार– काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरेको छ ।

महानगरले स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले घोषणा गरेअनुसार चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, असहाय र जेष्ठ नागरिकहरुको  निःशुल्क परीक्षण गर्ने बताए । उनले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै परीक्षण गर्न आग्रह गरेका छन् ।

मेयर विद्यासुन्दर शाक्यले काठमाडौ महानगरपालिका परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न आग्रह गरेका छन् ।

स्वाव संकलन तथा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई एउटा मोबाइल भ्यान हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।