logo

प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने

    1133   पटक पढिएको

२९ पुस/ अर्थ र व्यापार - प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने भएका छन् । वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका हुन् । 
प्रधानमन्त्री ओली माघ ६ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ (माघ ८ गते देखि माघ ११ गते) सम्म स्वीट्जरल्याण्डको डावोसमा हुँदै छ । 

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र , मन्त्रालयका सचिम शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित १९ जना सहभागी हुने परराष्ट्र स्रोतले जानकारी दियो ।

यसैबीच यसपटकको बैठकमा नेपाल सरकारलाई नै निम्तो दिइएको छ । फोरमको निम्तो पहिलो पटक प्रधानमन्त्री स्तरको लागि आएको हो । हरेक वर्ष आयोजना हुने बैठकमा नेपालको सहभागिता रहने गरे पनि त्यो राजदूतस्तर वा अन्य कर्मचारीस्तरमा हुँदै आएको थियो ।

यसअघिका बैठकमा नेपालका तर्फबाट नेपालका लागि जेनेभाका राजदूत बैठकमा सहभागी हुँदै आएका थिए भने सन् २०१३ मा नेपालका तर्फबाट राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बैठकमा सहभागी भएका थिए । 
सम्मेलनमा विश्वभरका विभिन्न देशबाट २५० भन्दा बढी राजनीतिक नेतृत्व सहभागी हुने बताइएको छ। उनीहरु बैठकका विभिन्न सत्रमा आयोजना हुने उच्चस्तरीय छलफलमा सहभागी हुनेछन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।